Rashtriya Dainik

सशस्त्र प्रहरी बल नेपाल न.२६ गण हे. क्वा. पश्चिम नवलपरासीको आयोजनामा वृहत् रक्तदान कार्यक्रम सम्पन्न

आरपि उपाध्याय / नवलपरासी ,८ असार

सशस्त्र प्रहरी बल नेपाल न.२६ गण हे. क्वा. पश्चिम नवलपरासीको आयोजनामा वृहत् रक्तदान कार्यक्रम सम्पन्न भएको छ।

सशस्त्र प्रहरी परिवार महिला संघको २३ औं वार्षिकोत्सबको अवसरमा रक्तदान कार्यक्रम गरिएको सशस्त्र प्रहरी बल नेपाल २६ न. गणका सशस्त्र प्रहरी नायब उपरीक्षक यज्ञमान साउतले जानकारी दिनुभएको छ।

सशस्त्र प्रहरी परिवार महिला संघको स्थापना दिवस अवसर पारेर गरिएको रक्तदान कार्यक्रममा सशस्त्र प्रहरी जवानदेखी सशस्त्र प्रहरी नायब उपरीक्षक सम्मका गरि कुल २६ व्यक्तिहरुले रक्तदान गर्नुभएको थियो।
“रक्तदान जिवनदान” भन्ने मुल नाराका साथ आयोजना गरिएको रक्तदान कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी परासी शाखाका प्राविधिक टोलीले रक्तदान संकलन कार्य गर्नुभएको गणले जानकारी दिएको छ।
रक्तदान कार्यक्रम २६ न. गणका गणपति सशस्त्र प्रहरी उपरीक्षक प्रकाश वाग्लेको अध्यक्षतामा सम्पन्न भएको बताइएको छ।
यसपुर्व पनि २६ न. गण पश्चिम नवलपरासीले जिल्ला अन्तर्गतका विभिन्न स्थानहरुमा रक्तदान कार्यक्रम सहित सरसफाइ र वृक्षरोपण कार्यक्रम गर्दै आएको जानकारीमा आएको छ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित