राष्ट्रिय दैनिक / नवलपरासी ,८ असार
चर्चित माेडल राजा भाेजपुरीया , सन्चारकर्मि उमेश बि.क र चर्चित माेडल रितु चाैधरी , सुशीला कार्कीले अभिनय गरेको ” दिल बसल बा नेपाल मे ” गितकाे म्युजिक भिडियो सार्वजनिक भएको छ।
चर्चित भाेजपुरी गायक राजा भाेजपुरीयाकाे आवाजमा रहेको भाेजपुरी गित ” दिल बसल बा नेपाल मे ” सार्वजनिक भएसंगै दर्शकको रोजाइमा पर्न थालेको छ ।
जेष्ठ शुक्ल पुर्णिामाकाे अवसर पारेर सार्वजनिक भएको ” दिल बसल बा नेपाल मे ” बाेलकाे गित दर्शककाे मन मस्तिष्कमा बस्न सफल भएको छ ।
निकै सुमधुर स्वर भएको भारतीय गायक राजा भाेजपुरीयाकाे याे गितले धेरै दर्शक स्रोताकाे मन मस्तिष्कमा बस्न सफल भएको छ।
दिलखुश दिवानाकाे शब्द/संगीत रहेको गितमा माेडल राजा भाेजपुरीया , सन्चारकर्मि उमेश बि.क र चर्चित माेडल रितु चाैधरी , सुशीला कार्की लगाएत कलाकारहरुको निकै कलात्मक अभिनय रहेको छ ।
सिवा तिवारी र राजा भाेजपुरीयाको एरेन्ज रहेको सो गितकाे भिडियोको छायांकन पश्चिम नवलपरासी र पुर्वी नवलपरासीको विभिन्न रमणीय स्थानमा गरेका छन् ।
बैदेशिक राेजगारमा गएको र गलफ्रेन्डकाे धेरै सम्झना आएकाे र रहन नसकि नेपाल फर्केको कहानी रहेको गित भारतको दिल्लीकाट सन्चालनमा रहेको रिया फिल्म युटुब च्यानलबाट सार्वजनिक गरिएको छ ।

बैदेशिक राेजगार र माया प्रेमको कहानी रहेको यो म्युजिक भिडियोमा निकै मनमाेहक दृश्य सहित युवा पिडिलाई लच्क्षित गरी यथार्थलाई उतारिएको छ ।
रोमान्टिक प्रेम भावको याे गितलाई हेरेर साथ सहयोग दिन युनिटले अनुरोध गरेका छन।
हेर्नुहाेस गितको भिडियो :-
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

