राष्ट्रिय दैनिक / नवलपरासी ,७ असार
पूर्वप्रधानमन्त्री तथा नेपाली काँग्रेसको पार्टी सभापति शेरबहादुर देउवा शनिवार असार ८ गते नवलपरासी आउनु हुने भएको छ ।
नेता देउवा पाल्हिनन्दन १ महेशपुरमा शालिक अनावरण र बसपार्क समुदघाटन हुने कार्यक्रमका लागि नवलपरासी आउन लागेको हो ।
२०१५ सालको निर्वाचनमा प्रथम जननिर्वाचित सांसद स्व. पृथ्वीराज कण्डेलको अर्धकदको शालिक अनावरण र स्व. पृथ्वीराज कण्डेल बसपार्क समुदघाटन गर्न सभापति आउने कार्यक्रम रहेको नेपाली काँग्रेस केन्द्रीय सदस्य देबेन्द्रराज कण्डेलले जानकारी दिनुभएको छ।
नवलपरासीको पाल्हीनन्दन गाउँपालिका वडा नं. १ महेशपुरमा स्व. कण्डेलको अर्धकद राखिने छ भने स्व.कण्डेलको नाममा निर्मित बसपार्कको उद्घाटन कार्यक्रम रहेको पूर्व गृहराज्य मन्त्री समेत रहनुभएका कण्डेलले जानकारी दिनुभएको हाे ।
स्व. पृथ्वीराज कण्डेल बसपार्क संरक्षण एवं व्यवस्थापन समितिका अध्यक्ष दुर्गाप्रसाद कलवारले पूर्वप्रधानमन्त्री देउवा समुदघाटनमा आउने भएपछि त्यसैको भव्य तयारी गरिरहेको बताउनु भयो ।
स्व. पृथ्वीराज कण्डेलको नाममा पाल्हीनन्दन १ महेशपुरमा सुविधा सम्पन्न बसपार्क निर्माण भइसकेको छ ।
काँग्रेसका केन्द्रीय सदस्य कण्डेलको पहलकदमीमा सहरी विकास मन्त्रालयको १ करोड, पाल्हीनन्दन गाउँपालिकाको १० लाख र वडा नं. १ कार्यालयकाे ३ लाखको लागतमा सुविधासम्पन्न बसपार्क निर्माण भएको केन्द्रीय सदस्य कण्डेलका स्वकीय सचिव कमलकिशोर रायमाझीले बताउनु भयो ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

