Rashtriya Dainik

लागू औषध दुर्वशनी सम्बन्धित जनचेतनामुलक कार्यक्रम

राजन कुमार बानिया /पर्सा ,७ असार

पर्साको कालिकामाई गाउँपालिका वडा नं ३ मा रहेको जय गुरुदेव एकाडेमीले आयोजना गरेको सम्मान तथा लागू औषध दुर्वशनी सम्बन्धित जनचेतनामुलक कार्यक्रम सम्पन भएको छ।

कार्यक्रमको प्रमुख अतिथि रहनु भएका सशस्त्रप्रहरी बल पोखरियाका सशस्त्र प्रहरी नायब उपरीक्षक बिक्रममनि अधिकारीको अतिथ्य्मा भएको कार्यक्रममा बिधालयका बाल बालिकाहरुलाई लागू औषधको दुर्व्शनीबाट बचाउनको लागि शिक्षक र अभिभावकहरुको अहम भुमिका राखनु पर्नेमा जोड दिनु भएको थियोे । समयमा आआफ्ना बाल बालिका र बिधलयका बिधार्थीहरुलाई लागु औषध दुर्वशनीबाट जोगाउन समय समयमा हेरचाह गर्न आग्रह समेत गर्नु भएको हाे।

अहिले बिषेश गरि साना उमेरका बालबालिकाहरु लागु अौषध दुर्वसनीको लतमा परेको देखिएको छ। साना उमेरमा लागु अौषध गाँजा, चरेस भांग ,ईनजेक्सन , चुरोट जस्ता नसालु पदार्थको लत लागेको देखिए छ। यस कुलतबाट बचन , बचाउन, अबिभावक र बिधालयका शिक्षकहरुले बिषेश निगरानी गर्नु पर्ने भएको ईलाका प्रहरी कार्यालय पोखरियाका प्रहरी नायब निरिक्षक राजाराम यादवले बताए ।

साथै कार्यक्रम बिधालयका उत्कृष्ट छात्र छात्राहरुलाई खादा बैच र अबिर लगाइ सम्मानित गर्नु भएको छ।

कार्यक्रममा प्रधानाध्यापक हितेश राना थापा, सशस्त्र प्रहरी सहाय निरिक्षक बिरेन्द्र यादव, सुजित गिरी ,आकाश एफएम को प्रबन्धक निर्देशक पत्रकार लालबाबु बानिया, बिकास पटेल, रामबिश्वास चौधरी, शनि पटेल, लगायत बिधालय का सम्पुर्ण शिक्षक शिक्षिका र बिधार्थीहरुको सहभागिता रहेको थियो। कार्यक्रममा बिधालयका छात्र,छात्राहरुले सांस्कृतिक प्रदर्शन गर्नु भएको थियो।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित