Rashtriya Dainik

लागू औषध दुर्व्यसनी विरुद्धको सचेतनामुलक कार्यक्रम

आरपि उपाध्याय / नवलपरासी ,६ असार

विनयी त्रिवेणी गाउँपालिका वडा न.७ (ब.स.पु.) को आयोजना तथा मध्यविन्दु सञ्चार सेवा नवलपुरको संयोजनमा लागू औषध दुर्व्यसनी विरुद्धको सचेतनामुलक कार्यक्रम त्रिवेणीको शिवपुरगढीमा सम्पन्न भएको छ।

विनयी त्रिवेणी गाउँपालिका वडा न.७ की वडा सदस्य शोभा क्षेत्रीको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो।
लागू औषध दुर्व्यसनी विरुद्धको सचेतनामुलक कार्यक्रममा शिवपुरगढी मा.वि. शिवपुरगढी,ब्लुमिङ्ग बड्स बोर्डिङ्ग स्कुल शिवपुरगढी र राष्ट्रिय आधारभुत विद्यालय रानीनगर समेत गरि ९० जना छात्रछात्राहरुको कार्यक्रममा सहभागिता रहेको थियो।
सचेतनामुलक कार्यक्रममा ईलाका प्रहरी कार्यालय त्रिवेणीका वरिष्ठ स.इ. सानुकाजी बिष्ट,पत्रकार द्वय विष्णुप्रसाद गौडेल र धनु भुसालले सहजीकरण गर्नुभएको थियो।
विनयी त्रिवेणी गाउँपालिका वडा न.७ को गण्डक ब्यारेज र आसपासका इलाकाहरुमा लागू औषध सेवनकर्ता र सिमापार भारतबाट लागू औषध बोकि आउनेहरुको सङ्ख्यामा बढोत्तरी भए यता स्थानीय प्रशासन र वडा कार्यालयहरुले पनि अभियानकै रुपमा रोकथाम,नियन्त्रण र सचेतनामुलक कार्यक्रम गर्दै आएका हुन।


सचेतनामुलक कार्यक्रममा ब्लुमिङ्ग बड्स बोर्डिङ्ग स्कुलका विद्यार्थीहरु गौरब पासवान,स्पर्श थापा र शिवपुरगढी मा. वि. का विद्यार्थी सबिता मुसहर,नाग्मा खातुन लगायतले सचेतनामुलक कार्यक्रमको उपलब्धि र विद्यार्थीको भुमिकाबारे प्रतिप्रश्न गर्नुभएको आयोजकले जानकारी दिएको छ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित