Rashtriya Dainik

जेष्ठ शुक्ल पुर्णिमाकाे अवसर पारेर सरावल गाउँपालिकाद्वारा भिच्छु भाेजन दान गर्ने

उमेश बि.क / नवलपरासी ,६ असार

पश्चिम नवलपरासीको सरावल गाउँपालिकाले जेष्ठ शुक्ल पुर्णिमाकाे अवसर पारेर भिच्छु भाेजन दान गर्ने भएको छ।

ककरपत्त नगर उत्थान तथा बिकासका लागि लुम्बिनी र शंकर नगरबाट १५ जना भिच्छुहरुलाई भाेजन दानकाे लागि आमन्त्रण गरिएको सरावल गाउँपालिका अध्यक्ष सुखाडी प्रसाद चाैधरीले बताउनुभयो ।

आज सरावल २ ककरपत्त नगर जावामा स्थानीयशीत कार्यक्रमकाे लागि छलफल गरि तयारी तथा जिम्मेवारी बाडफाड गरिएको हाे।

दान मध्ये सर्वश्रेष्ठ दान भोजनदान हुनु र त्यसमा पनि शिलमा रहेका भिच्छुलाई दान दिनु आफैमा उत्तम कार्य रहेकोले भोजनदानको आयोजना गरिएको गाउपालिकाका अध्यक्ष चाैधरीले बताउनुभयो ।

वहाँका अनुसार यस क्षेत्रमा विश्वमै लोमोन्मुख बुद्धकालीन वनस्पति कोलवृक्ष बगैँचा रहेको छ। भगवान् गौतम बुद्धले गृह सुख सन्देश दिएको प्राचीन ककरपत्त नगरका रुपमा यस क्षेत्रको संरक्षण गरी प्रवर्धन र विकासमा गाउँपालिका लागिपरेको गाउँपालिका अध्यक्ष चौधरीले बताउनुभयो ।

बुद्धमार्गमा लाग्ने जो कोहीले एक पटक यो प्राचीन ककरपत्त नगर पुग्नु मंगल कार्य हुने छ । भिच्छुलाई भोजनदानको माध्यमले सो स्थानमा भिच्छुहरुको आगमन गराउने बताउनुभयो ।

भिच्छुहरु ति स्थानको बारेमा अध्ययन गर्ने गरे पनि स्थान त्यही हो भन्ने कुरा थाहा नहुन सक्छ,त्यो भएर सो स्थानमा भिच्छुहरुलाई भोजनदान मार्फत उपस्थित गराउने,प्राचीन ककरपत्त नगरकाे प्रचार प्रसार भिच्छुसंघमा पुर्याउने माध्यम रहने अध्यक्ष चाैधरीले बताउनुभयो ।

छलफल तथा तयारी बैठकमा रामप्रसाद पाण्डेयले भिच्छुहरुलाई स्वागत सत्कार तथा खानपिन ब्यवस्थापन लगाएतकाे कामबारे सहजिकरण गर्नुभएको थियो ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित