Rashtriya Dainik

प्रतापपुर गाउँपालिकाको १६ औं गाउँसभा नीति तथा कार्यक्रमलाई सार्वजनिक

राष्ट्रिय दैनिक / नवलपरासी ,५ असार

प्रतापपुर गाउँपालिका नवलपरासी (ब.स.प.) को १६ औं गाउँसभा नीति तथा कार्यक्रमलाई एक कार्यक्रमका बिच सार्वजनिकीकरण गरिएको छ।

प्रतापपुर गाउँपालिका अध्यक्ष उमेशचन्द्र यादवको अध्यक्षतामा नीति तथा कार्यक्रम सार्वजनिकीकरण गरिएको हो।

सो अवसरमा अध्यक्ष यादवले जनता संग प्रत्यक्ष सरोकार राख्ने स्वास्थ्य, शिक्षा,यातायात र कृषि लगायतका कार्यक्रमलाई उच्च प्राथमिकता साथ अगाडि बढाउन बताउनुभएको छ।

युवा वर्गको विदेश पलायन रोक्न स्वदेशमै युवा लक्षित कार्यक्रम राखिने बताउदै कुटिर र लघु उद्योग कार्यक्रमलाई प्राथमिकताका साथ अगाडि बढाउने पनि अध्यक्ष यादवले बताउनु भयो।

आउदो ०८१/८२ आर्थिक वर्षमा प्रतापपुर गाउँपालिकामा प्राविधिक शिक्षालयको व्यवस्था गरिने तथा हेल्लो गाउँपालिका अध्यक्ष कार्यक्रमलाई प्रभावकारी रुपमा लागू गरिने नीति तथा कार्यक्रममा समावेश गरिएको जनाउदै शान्ती र सुरक्षालाई भरपर्दो र विश्वासनिय रुपमा लागु गर्न सुरक्षा निकाय संग समन्वय गरि नगर प्रहरीलाई थप सुविधा सम्पन्न गर्दै लाने तथा उखु र केरा खेतीतर्फ थप आकर्षण बढाउन दक्ष जनशक्तिको परामर्श कार्यक्रमलाई पनि थप निरन्तरता दिने अध्यक्ष यादवले बताउनु भएको थियो।

कार्यक्रममा जिल्ला समन्वय समिती पश्चिम नवलपरासीका प्रमुख भगौती प्रसाद यादवले प्रतापपुर गाउँपालिकाद्वारा प्रस्तुत नीति तथा कार्यक्रम उत्साह र जनता केन्द्रित रहेको विचार व्यक्त गर्दै यसमा नै प्रतापपुर गाउँपालिकाको भविष्य अन्तर्निहित रहेको बताउदै जनप्रतिनिधिहरु जुनसुकै दलबाट आएपनी प्रतापपुर गाउँपालिकाको विकास गर्न सामुहिक चिन्तन र प्रयासबाट नै पालिकालाई अगाडि बढाउन सकिने जिकिर गर्नुभयो।

“हामी सबैको सार्थक प्रयास,प्रतापपुरको समग्र विकास” भन्ने मुल नाराका साथ आयोजना गरिएको कार्यक्रममा वडा अध्यक्षहरु,वडा सदस्य,कार्यपालिका सदस्य र प्रतापपुर गाउँपालिका अन्तर्गतका शाखा प्रमुख र कर्मचारीहरुको उपस्थिति रहेको प्रमुख प्रशासकिय अधिकृत रामजी जोसीले जानकारी दिनुभएको छ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित