Rashtriya Dainik

कपिलवस्तुको सदरमुकाम तौलिहवामा कटान आदेशबिना कसरी काटियो कपिलवस्तु अस्पतालका रुख ?

कपिलवस्तु,४ असार

कपिलवस्तुको सदरमुकाम तौलिहवामा रहेको कपिलवस्तु जिल्ला अस्पताल परिसरको रुख आदेशबिना काटिएको छ।

यश प्रचण्ड गर्मिमा त्यहा पुग्दा चर्को गर्मी शितल छहारी खोज्नु हुन्छ । त्यो पाउन सक्नु हुन्न । २ महिना अगाडि सम्म अस्पताल परिसरमा रुखहरु रहेका थिए । तर अहिले ति रुख काटेर उजाड बनेको छ । परिसर भित्रका ९ ओटा रुख गैर कानुनी रुपमा गोलिया र दाउरामा परिणत भई सकेको छ । सुटुक्क रुख काटिए पछि अस्पतालमा आउने सेवाग्राही शितल खोज्न अस्पताल भवनको सहारा लिनु परेको छ ।

कपिलवस्तु अस्पताल प्रशासनले वन कार्यालयको अनुमती नलिई रुख काटिएको रहस्य बाहिर आएको छ । अस्पतालले प्रकृया पुरा नगरी २ महिना अगाडि रुख काटेको छ । सिसौ, आँप शिर्षा फूल लगायतका रुख पूर्व मेसु विपिन जयसवालको मिलोमतोमा काटिएको रहस्य खुलेको छ । मेसु जयसवालले सुटुक्क रुख कटान गर्ने मानिस बोलाई रुख काटेका थिए । काटिएका रुखका गोलीया अहिले अलपत्र अवस्थामा रहेको छ । न त्यसको कुनै लेखाजोखा छ त कुनै कागजात नै छ ।

सार्वजनिक स्थलका रुखका काट्नको लागि जिल्ला प्रशासन कार्यालयको बैठकले स्विकृत हुनु पर्ने नियम छ । बैठकले अवस्था विश्लेषण गरी काट्नु पर्ने नपर्ने औचित्य ठहर गर्छ । त्यसपछि मात्र रुख काट्न पाउने नियम रहेको छ । तर प्रकृया पुरा नगरी रुख काटिए पनि सरोकारवाला निकाए मौन रहेका छन् । अस्पतालमा रहेको एउटा रुख सुकेपछि समितिले कटान गर्न आवश्यक रहेको रुख काट्ने निर्णय भएपनि अन्य कुनै प्रकृया पुरा नभएको नाम नखुलाउने शर्तमा एक कर्मचारीले बताए ।

मेसु जयसवाललाई सम्पर्क गर्दा फोन नउठेपछि यसबारे अस्पताल प्रशासन प्रमुख रत्नकर शुक्लासँग बुझ्दा आफू जानकारी पाए अनुसार अस्पताल प्रशासन समितिसँग एउटा सुकेको रुख काटने निर्णय गराएको बताए । उनका अनुसार निर्णय गराएको भएपनि कुनै लिखित प्रमाण भने आफूसँग नभएको जनाए । सम्बन्धित वन कार्यालयसँग समन्वय नभएको र निकाय मौन रहेको उनको भनाई छ ।

यता डिभिजन वन कार्यालय कपिलवस्तुका वन अधिकृत सन्त थिङले वन कार्यालयसँग रुख कटान अनुमती नलिइ काटिएको बताए । उनले भने ः ‘रुख काटने भएपछि अस्पतालले वन कार्यालयसँग समन्वय गर्नुपर्ने हो तर आफूलाई कुनै विशेष जानकारी भएको छैन्

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित