Rashtriya Dainik

जसपा नेपाल नवलपरासीद्वारा रामग्रामका नगर प्रमुख एकलाैटी ढंगले काम गरेकाे प्रति बुझायाे ज्ञापनपत्र 

सुरेश यादव/ नवलपरासी , असार ०२ ।

जनता समाजवादी पार्टी नेपाल नवलपरासीले रामग्राम नगरपालिकाका नगरप्रमुखको  धनपत यादवले एकलौटी ढंगले काम गर्ने रवैय ठिक नरहेकाे भन्दै नगर उपप्रमुख सम्झना चाैधरीलाई ज्ञापनपत्र बुझाएको छ ।

आज आइतबार जनता समाजवादी पार्टी नेपालका जिल्ला अध्यक्ष धरेन्द्र यादवले रामग्राम नगरपालिकाका नगर प्रमुख  ध्यानाकर्षण गराउन उपप्रमुख चाैधरीलाई ज्ञापनपत्र बुझाएका छन् । रामग्राममा विकासको गतिविधि शून्य रहेको विभिन्न संस्थागत काम कारबाही क्रियाकलापमा भ्रष्टाचार हुँदै गएको भन्दै जनता समाजवादी पार्टी नेपालले ध्यानाकर्षण गराएको छ । 

किसान, व्यापारीबाट चर्को कर असुल्ने काम भएको र सो करको कारण किसान ,व्यापारी, विद्यार्थी मर्कामा परेको हुँदा तत्काल करहरू मिनाहा गर्न जसपा नेपालले रामग्राम नगरपालिकासँग माग गरेको छ । ती मागहरू तत्काल सम्बोधन गर्न पनि अपिल गरेको छ। ज्ञापनपत्रमा १२ बुँदे मागसहित ज्ञापनपत्र बुझाइएको हाे । 

जसमा जनसहभागिता मूलक योजना सम्झौता गरी कार्यान्वयन गर्ने, किसानको सम्पूर्ण कर माफ गर्ने जस्तै कृषि, मिटर जडान, भूमि ,कर लगायत किसानसँग सम्बन्धित सबै प्रकारको कर मिना गर्ने, आफ्नो निजी जग्गाबाट माटो उत्खनन गर्दा लाग्ने कर मिना गर्ने , विद्यार्थीको सिफारिसमा लाग्ने कर मिना गर्ने जातीय प्रमाणित सिफारिस कर्मिना गर्ने व्यापारीहरूलाई लाग्ने दोहोरो कर माफ गर्न तथा पाँच लाख भन्दा बढीको व्यावसायिक कर मिना गर्न किसान पेन्सन लागू गर्ने, आन्तरिक स्रोतबाट जनप्रतिनिधिले सेवा सुविधा लिन नपाइने अन्य स्रोतबाट लिन व्यवस्था मिलाउन कपाली तमसुकमा २सय  भन्दा बढी कर लिन गरेको सुधार गर्न, किसानको सिँचाइ बिउबिजन ,मलखाद कृषि मिटर, कृषि विद्युतीकरणमा बढी ध्यान आकर्षण गर्न बसपार्क तत्काल सञ्चालन गर्न लगायतका मागहरू तत्काल कार्यान्वयन गर्न माग सहित ज्ञापनपत्र बुझाइएको  जसपा नेपालका जिल्ला अध्यक्ष यादवले बताउनुभयो। 

मागहरू सम्बोधन नभएको खण्डमा दोस्रो चरणको आन्दोलन सुरु गर्ने जिल्ला सचिव एवम् वडा नं ४ का वडा अध्यक्ष मदन यादवले जानकारी दिनुभयाे ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित