उमेश बि.क / नवलपरासी ,१५ माघ पश्चिम नवलपरासीको सरावल गाउँपालिका वडा नं. ५ धनगडवामा अामा सहित तीन जना अात्महत्या गरेका छन । आत्महत्या गर्नेमा सरावल गाउँपालिका वडा नं. ५ धनगडवाकाे ३२ बर्षीया अनिता चाैधरी र उनकाे २ छाेरी बर्ष १२ कि नेहा चाैधरी र वर्ष १० कि हिमा चाैधरी रहेकी छन् । उनिहरुले बुधबार राति आफ्नै घरमा बीस सेवन गरि घरमा ताल्चा लगाई भित्र रहेको र स्थानीय थाहा पाउदा निकालि पृथ्वी चन्द्र अस्पताल परासी राति १० बजे पुर्याएकाे वडा नं. ५ वडा अध्यक्ष दिनेश सहानिले जानकारी दिनुभएको हाे। अवस्था गम्भीर भएकोले पृथ्वी चन्द्र अस्पताल परासी रिफर गरेपछि मेडिकल कलेज भैरहवामा राति ११ बजे पुर्याइएकाे थियाे ।तिनजनैकाे अवस्था निकै गम्भीर रहेको हुदा राति नै मृत्यु भएको थियाे । मृतक तिनजानकाे शव भिम अस्पताल भैरहवामा हाल पाेष्टमार्टम भइरहेको वडा अध्यक्ष सहानिले जानकारी दिनुभएको हाे। मृतक चौधरीकाे श्रीमान जितेन्द्र थारु रोजगारीका लागि विदेशमा रहेका छन्। चौधरीका सन्तानमा दुई छोरी मात्र रहेको स्थानीय लक्षमण चाैधरीले जनाएको छन। मृत्युको मुख्य कारण नखुले पनि जग्गा बिवाद तथा घरायसी झैझगडाकाे कारण अात्म हत्या गरिएको स्थानीयकाे अासंका रहेको छ । साे घट्नाबारे सत्यतथ्य खाेज अनुसन्धान भइरहेको गाेबरहिया प्रहरी चाैकी ईन्चार्ज एलबि सेन्चुरीले बताउनु भएको छ । राष्ट्रिय दैनिक राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।