नवलपरासी ,१ असार
प्रतापपुरमा सर्पको टोकाइबाट एक बालकको मृत्यु भएको छ । नवलपरासी पश्चिमको प्रतापपुर गाउँपालिका-६ हरपुरका मोतीलाल चमारको ६ वर्षीय छोरा सन्नी चमारको सर्पको टोकाइका कारण मृत्यु भएको हो ।
शुक्रबार बिहान १० बजे खाना खाएर गाउँका केही बालबालिका संग घरदेखि १०० मिटर दक्षिण दिशामा रहेको बगैंचामा खेल्न गएको बेला सर्पले टोकेको हुनसक्ने मृतकका बुवा मोतीलाल चमारले बताए ।
११ बजेतिर बालक एक्कासि रुदै घर फर्केर आएपछि आमाले किन रुदै छौ ? बाबु भनेर सोधिरहदा बालकले खुट्टामा काटी गडेको भनेका थिए, आमाले सर्पले टोकेको आशंकामा उपचारको लागि भारतको निचलौल स्थित सर्पदंश उपचार केन्द्रमा लगेकी थिइन । त्यहाका डाक्टरले रिफर गरेपछि नवलपुर जिल्लाको त्रिबेणीस्थित सर्पदंश उपचार केन्द्रमा बालकको उपचार गराउन पुर्याइए पनि बालकको मृत्यु भएको परिवारजनले बताएको छ ।
उपचार केन्द्रमा ल्याइ पुर्याउनुभन्दा पहिले नै बालकको मृत्यु भइसकेको त्रिवेणी स्थित सर्पदंश उपचार केन्द्रले बताएको छ । बालकको बाटोमा नै मृत्यु भइसकेकाले केन्द्रमा ल्याएर उपचार सुरु गर्ने अवस्था नरहेको सर्पदंश उपचार केन्द्र त्रिवेणीले जनाएको छ । छोराको मृत्यु पछि आमाको अचेत अवस्थामा प्रतापपुर-२ गोपीगंजको प्रभा हेल्थ सेन्टरमा उपचार भइरहेको पारिवारिक स्रोतले जनाएको छ ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

