संजय कुशवाहा / नवलपरासी १ असार
पश्चिम नवलपरासीमा सर्पको टोकाइबाट एक बालकको मृत्यु भएको छ ।
प्रतापपुर गाउँपालिका वडा न.६ हरपुरका ६ वर्ष संन्नी हरिजनको शुक्रबार दिउँसो सर्पको टोकाइबाट मृत्यु भएको हो ।
घरको वरपर बाँस र आँपको बगैचामा खेल्दै गर्दै गरेको अवस्थामा बिहान ११ बजेतिर सर्पले खुट्टामा टोकेको थियो ।
आमाले उपचारको लागि भारतको निचलौल स्थित सामुदायिक अस्पताल निचलौलमा लगेपछि त्यहाँका डाक्टरले रिफर गरे । त्यसपछि उपचारका लागि नवलपुर जिल्लाको त्रिबेणीस्थित सर्पदंश उपचार केन्द्रमा नपुग्दै बाटोमा बालकको मृत्यु भएको परिवारजनले बताएका छ ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

