राष्ट्रिय दैनिक / नवलपरासी , ३२ जेठ
पश्चिम नवलपरासीको सरावल गाउँपालिका ३ गाेइनीमा रहेको ब्रदरर्स एकेडेमी सेन्टरले ठुलो पुरस्कार सहित जिल्ला स्तरीय टाइलेन्ट हन्ट गर्ने भएको छ।
नवलपरासी जिल्लाका बिद्यार्थीहरुलाई कम्प्युटरमा दक्षता हासिल गराउने उद्देश्यले आउने असारमा ठुलो पुरस्कार सहित जिल्ला स्तरीय टाइलेन्ट हन्ट गर्ने ब्रदरर्स एकेडेमी सेन्टरकाे सन्चालक सुनिल कुमार काेहारले जानकारी दिनुभएको छ।
जिल्ला स्तरीय टाइलेन्ट हन्ट असार ८ गते बर्दघाट र रामग्राम नगरपालिकाका विद्यार्थीहरुलाई लिखित मार्फत टेस्ट लिइने ब्रदरर्स एकेडेमी सेन्टरकाे सन्चालक काेहारले बताउनुभयो । काेहारका अनुसार ५० वटा बहु बैकल्पिक प्रश्नहरु सम्बन्धित स्थानीय तहकाे पाठयपुस्तकबाट सभार गरिने बताउनुभयो ।साथै अन्य पालिकाहरुकाे लागि असार १५ गते लिखित मार्फत टेस्ट लिइने बताउनुभयो ।
लिखित मार्फत टेस्टमा प्रथम हुनेलाई एकथान डेक्स्टप कम्प्युटर प्रदान गरिने छ । त्यस्तै द्धितिय हुनेलाई लेडिज साइकल र तुतिय हुनेलाई अंग्रेजी शब्दकाेष साथै ३६ वटा कपि एव स्टेसनरी सामाग्री प्रदान गरिने एकेडेमी सेन्टरकाे सन्चालक काेहारले जानकारी दिनुभयाे।
लिखितमा सहभागी हुन चाहने विद्यार्थीहरु सम्बन्धित एकेडेमी सेन्टरमा सम्पर्क गर्न सक्ने काेहारले बताउनु भएको छ।



राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

