आरपि उपाध्याय / नवलपरासी ,३२ जेठ
पुर्वी नवलपरासीको कावासोतीमा कल्भट बनाउन खनिएको खाल्डोमा पुरिएर ३ जना महिला कामदारको मृत्यु भएको छ।
मृत्यु हुने कामदारहरुमा कावासोती नगरपालिका ५ लक्ष्मीपुर निवासी ५१ वर्षीय सेती राना,२६ वर्षीय तानमाया मश्राङ्गी र ३२ वर्षीय चमेली सिंजालीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपुरले बताएको छ।
जेष्ठ ३१ गते कावासोती स्थित फलफुल चोक नजिक खाल्डोमा पुरिएर मृत्यु हुने परिवारजनका सदस्यहरुले कावासोती बजार बन्द र पुर्व पश्चिम राजमार्ग बन्द गर्दै हिडेको पनि पीडितहरुले जानकारी दिएका छन।
कामदार महिलाको निधनबाट उत्पन्न असहज अवस्था समाधान गर्न कावासोती नगरपालिकामा पीडित पक्ष र जनप्रतिनिधिहरुको बिच दस बुदे सहमती भएपनी पीडित पक्षहरुले सहमती अमान्य भएको घोषणा गर्दै कावासोती नगर परिसरमा ढुङ्गा प्रहार गरेका थिए।
पीडितहरुले कावासोती नगर प्रमुख बिष्णु प्रसाद भुसालको राजिनामा माग गर्दै एक तर्फी रुपमा तयार पारिएको सहमती अमान्य भएको जानकारीमा आएको छ।

कावासोतीको फलफुल चोक र नगरपालिका क्षेत्र तनाव भएपछि स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले ३९ राउन्ड अश्रुग्यास छोडेको डिएसपी बेद बहादुर पौडेलले जानकारी दिएका छन।
उता पीडितहरुले आफ्नो माग सम्बोधन नभए थप कठोर आन्दोलनको चेतावनीसमेत दिएको बुझिएको छ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

