उमेश बि.क / नवलपरासी ,३२ जेठ
जेठ महिनाको तेस्रो साता देखि अत्याधिक गर्मी बढे संगै तराईको जनजिवनमा कष्टकर भएको छ।
अत्यधिक तापक्रम,तातो हावा र लु का कारण तराईको जिल्लामा जनजिवन प्रभावित भएको छ ।
अत्यधिक गर्मिकाे कारण पश्चिम नवलपरासीमा पानीको सतह सुकेपछि चापाकलहरु पानी दिन नै छाडेका छन्।
अत्याधिक गर्मी र तातो हावाले मानसिक र शारीरिक सन्तुलनमा प्रतिकुल असर पर्ने गरेकाे छ।
पश्चिम नवलपरासीकाे ग्रमिण तथा शहरी क्षेत्रमा सहजरुपमा पानी पिउन एकमात्र उपाय चापाकल रहेकाे छ तर अत्यधिक गर्मीले पानीको सतहको भाग सुक्न थालेपछि पानी आउन बन्द हुन थालेका छन।
चापाकलहरु थाेरै पानी दिन थालेपछि खान ,नुहाउन , कपडा धुन , पशु चाैपायालाई पानी खुवाउन लगाएतकाे काममा समस्या भएको सरावलकी रेश्मा बि.क ले कताउनुभयाे।
प्रचण्ड गर्मीका कारण धेरैजसो कार्यालयमा पंखाले पनि तातो हावा फाल्ने क्रमले सेवाग्राहीहरु सास्ती भोग्दै आइरहेका छन।
अत्याधिक तापक्रममा अति आवश्यक काम बाहेक हिडुल नगर्न, प्रयाप्त मात्रामा पानी पिउन,चिसो ठाउँमा बस्न , फलको जुस र सर्बत पिउन चिकित्सकहरुको सल्लाह रहेको छ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

