आरपि उपाध्याय / नवलपरासी ,३१ जेठ
नेपाल रेडक्रस सोसाइटी त्रिवेणी धाम उपशाखाको आयोजनामा प्राथमिक उपचार सम्बन्धि तालिम र आपतकालीन विपत न्यूनीकरण सम्बन्धि सचेतनामुलक कार्यक्रम त्रिवेणीमा सम्पन्न भएको छ।
नेपाल रेडक्रस सोसाइटी त्रिवेणी धाम उपशाखा समिती सभापति रन्नता काफ्लेको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो।
कार्यक्रममा प्रमुख अतिथि समेत रहनु भएका विनयी त्रिवेणी गाउँपालिका वडा न.६ का वडा अध्यक्ष नुरेन्द्र शाहले विपतको समयमा मानवीय सहयोग गर्नु नै मानव धर्म भएकोले यो धर्मलाई सबै निकायबाट इमानदारीपूर्वक पालन गर्नुपर्ने धारणा राख्नुभयो।
वडा कार्यालयको सभाहलमा आयोजित कार्यक्रममा त्रिवेणी सुस्ता स्वास्थ्य केन्द्रका प्रमुख रघुनाथ भट्टराई र सशस्त्र प्रहरी बल नेपाल त्रिवेणी बिओपीका हवल्दार बाबुराम बि.क. ले छुट्टाछुट्टै कार्यक्रममा सहजीकरण गर्नुभएको थियो।
कार्यक्रममा सहभागीहरुको तर्फबाट राजु थापा क्षेत्री र सफला नेपालले तालिमको उपलब्धिबारे प्रतिक्रिया मन्तव्य व्यक्त गर्नुभएको जानकारीमा आएको छ।
सो अवसरमा नेपाल रेडक्रस सोसाइटी त्रिवेणी धाम उपशाखाले सशस्त्र प्रहरी बल नेपाल त्रिवेणी बिओपीलाई १० थान लाइफ ज्याकेट प्रदान गरेको आयोजकले जानकारी दिएको छ।

कार्यक्रममा ईलाका प्रहरी कार्यालय त्रिवेणीका वरिष्ठ स.इ. सानुकाजी बिष्ट, सशस्त्र प्रहरी बल नेपाल त्रिवेणी बिओपीका प्रतिनिधि एवं सशस्त्र प्रहरी नायब निरीक्षक पुरण बहादुर थापा, संघसंस्थाका प्रतिनिधि,जनप्रतिनिधि र स्थानीय आमा समुहको प्रतिनिधिहरुको पनि कार्यक्रममा उपस्थिति रहेको थियो।
त्रिवेणी र आसपासका इलाकामा वर्षाको याममा आउने भीषण बाढीले हुनसक्ने मानवीय क्षती रोक्न रेडक्रस उपशाखाले सशस्त्र प्रहरी बलका स्थानीय युनिटलाई लाइफ ज्याकेट सहितको सामाग्री वितरण गरेको आयोजकले बताएको छ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

