Rashtriya Dainik

विद्यालय व्यवस्थापन तथा शिक्षक अभिभावक संघका पदाधिकारीहरुलाई एक दिने अभिमुखिकरण

आरपि उपाध्याय / नवलपरासी ,३० जेठ

विनयी त्रिवेणी गाउँपालिका (ब.स.पु.) शिक्षा युवा तथा खेलकुद शाखाको आयोजनामा विद्यालय व्यवस्थापन तथा शिक्षक अभिभावक संघका पदाधिकारीहरुलाई एक दिने अभिमुखिकरण कार्यक्रम त्रिवेणीमा सम्पन्न भएको छ।

शिक्षा युवा खेलकुद शाखा प्रमुख भुपराज पाण्डेको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो।
कार्यक्रममा विनयी त्रिवेणी गाउँपालिका वडा न.६ र ७ का सामुदायिक विद्यालयका प्रधानाध्यापक,विद्यालय व्यवस्थापन समिती र शिक्षक अभिभावक संघका पदाधिकारी सहित सदस्यहरुको सामुहिक उपस्थितिमा कार्यक्रम सम्पन्न भएको हो।


कार्यक्रममा विनयी त्रिवेणी गाउँपालिका वडा न.६ का वडा अध्यक्ष नुरेन्द्र शाहले सामुदायिक विद्यालयहरुमा गुणस्तरीय शिक्षा दिएर राष्ट्रको महाकामना पूरा गर्नुपर्ने सुझाव दिदै शिक्षक र व्यवस्थापन समितीले आफ्नो जोस,जागर र उर्जालाई परिणाममुखी ढंगबाट पूरा गर्नुपर्ने विचार व्यक्त गर्नुभयो।

कार्यक्रममा प्रमुख प्रशिक्षक एवं शिक्षाविद् दिपेन्द्र ढकालले सहजीकरण गर्दै त्याग,तपस्या र समर्पणको माध्यमबाट नै शिक्षालाई अझबढी उज्यालो बनाउन सकिने विचार राख्दै शिक्षा क्षेत्रमा लागेका सम्पुर्ण सरोकारवाला निकाय नयाँ सोच र समयको माग बमोजिम अगाडि बढ्नुपर्ने विचार व्यक्त गर्नुभएको थियो।

कार्यक्रममा वडा न.७ कि महिला सदस्य शोभा क्षेत्री,नारायणी गण्डकी साधारण तथा संस्कृत मा.वि.त्रिवेणीका प्र.अ. दिनेश कुमार पाण्डे लगायतले तालिमको उद्देश्यमाथी प्रकाश पार्दै तालिम पुर्ण सफल भएको धारणा राख्नुभयो।
एक दिने अभिमुखिकरण तालिममा वडा न.६ र ७ का विद्यालयका प्र.अ., व्यवस्थापन समिती,शिक्षक अभिभावक संघका सदस्य गरि कुल ७० जना सहभागीहरुको सहभागिता रहेको आयोजकले बताएको छ।

विद्यालय व्यवस्थापन समितीका अध्यक्ष चिरञ्जीवी ढुंगानाको स्वागतबाट प्रारम्भ भएको कार्यक्रमलाई शिक्षा शाखाका प्राविधिक सहायक अमरराज न्यौपानेले सञ्चालन गर्नुभएको थियो।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित