Rashtriya Dainik

सुरक्षाकर्मी नौटंकी : नवलपरासीका सीमा नाका देखि तस्करी मौलाउँदै ।

राष्ट्रिय दैनिक / नवलपरासी ,३० जेठ

पश्चिम नवलपरासीमा नेपाल प्रहरी र शस्त्र प्रहरी बलकै सेटिङमा नेपालबाट भारततर्फ र भारतबाट नेपालतर्फ ठूलो मात्रामा तस्करी भइरहेको छ । सीमानाकामा खटिएका सशस्त्र प्रहरी नै तस्करहरू संग सेटिङ मिलाएर तस्करी संचालन गर्दै आएका छन् ।

दिनभरि भण्डारन गर्ने र राति हुनसाथ पिकप र ट्याक्टरबाट नेपालबाट भारत र भारतबाट नेपाल सामानहरु राजस्वछलि गरी भुजहवा ,गोपालपुर, मुडेरा ,पचफेडा र बसहिया नाकाबाट तस्करी हुने गरेको छ।

भुजहवा सशस्त्र प्रहरी , नेपाल प्रहरी तथा हरपुर गुल्म सशस्त्र प्रहरी- बीओपी,नेपाल प्रहरी र भन्सारको मिलोमतमा तस्करी व्यापक रुपमा भइरहेको प्रत्यक्ष हेर्न सकिन्छ ।

स्रोतले बताएको अनुसारले बसहिया ,भुजहवा ,गोपालपुर, मुडेरा ,पचफेडा नाकाहरु देखि दिनहुँ ट्याक्टरमा कवाड लोड गरी र पिकअपमा मकै ( पपकन ),चामल तरकारी हुँदा पनि प्रशासन भने मौन बसेको छ।

त्यस्तै मुख्य नाकामा भन्सारले कडाई गरे पनि भुजहवा ,बसहिया पाँचपेडा र गोपालपुरा नाकाहरुबाट व्यापक रुपमा तस्करी मौलाउँदै गइरहेको छ भने एक जना स्थानीयले बताएका अनुसारले तस्करीहरूसँग प्रहरी-सशस्त्र,भन्सारले मोटो रकम खाइरहेका छन् ।

तस्करी राँगा,भैंसी,बाख्रा ,कुखुरा ,चल्ला,चामल,इलेक्ट्रिकका एसी, कुलार, विद्युत समानहरु दिनहु तस्करी हुँदा पनि सशस्त्र – प्रहरीले देखेर पनि नदेखे जस्तै गर्दछन् ।

केही महिना यता सशस्त्र प्रहरी र नेपाल प्रहरीले तस्करीहरूलाई थाहा लगाउँदा आए पनि अहिले भने तस्करसँग मिलेर-लाइन लिएर छोड्ने गरेको बताएका छन् ।

दैनिक रुपमा तस्कर गर्ने सिमावर्ती प्रहरीलाई मासिक कमिसन दिने गरेको स्थानीय बासीले बताएका छन। तस्कर गरेर ल्याएका ती सामानहरु बर्दघाट-नारायणघाट र बुटवलका ठुला व्यापारीहरुलाइ दिने गरेकाे पाइएको छ ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित