Rashtriya Dainik

बर्षाले नेपाल र श्रीलंकाबीचको खेल रद्ध

काठमाडौं : आईसीसी पुरुष टी -२० विश्वकप क्रिकेट प्रतियोगिताअन्तर्गत नेपाल र श्रीलंकाबीचको खेल रद्ध भएको छ। अमेरिकाको फ्लोरिडास्थित ब्रोआर्ड काउन्टी रंगशालामा बर्षा भएपछि खेल रद्ध भएको हो ।

नेपाली समयअनुसार बुधबार बिहान ५:१५ बजेदेखि सुरु हुने भएपनि लगातारको बर्षाले टस नभई खेल रद्ध गरिएको हो। बर्षाले खेल रद्द भएसँगै दुबै टिमलाई १/१ अंक बाँडिएको छ।

nullबर्षाका कारण टेस्ट मान्यता प्राप्त राष्ट्र श्रीलंकासँग नेपाल पहिलो पटक आमनेसामने हुनबाट चुकेको छ। योसँगै श्रीलंकामाथि विजयी हासिल गर्दै नेपाललाई विश्वकपको सुपर आठमा प्रवेश गर्नका लागि धक्का लागेको छ। योसँगै समूह डीबाट दक्षिण अफ्रिका सुपर आठमा पुग्ने सुनिश्चित भएको छ। नेपालले आगामी दुई खेल नै जितेको खण्डमा मात्र सुपर आठमा पुग्ने छ।

आईसीसी टी -२० विश्वकप क्रिकेट प्रतियोगिताअन्तर्गत वर्षाको कारण रोकिएको यो दोस्रो खेल हो। यस अगाडि समूह बी मा स्कटल्यान्ड र इंग्ल्यान्डबीचको खेल रद्द भएको थियो । अन्य २३ मध्ये २१ खेलको नतिजा आएको छ।

नेपाल पहिलो खेलमा नेदरल्यान्डसँग ६ विकेटले पराजित भएको थियो। यता श्रीलंकाको दक्षिण अफ्रिकासँग ६ विकेट र बंगलादेशसँग २ विकेटले पराजित भएको थियो।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित