
राष्ट्रिय दैनिक / नवलपरासी , २९ जेठ
पश्चिम नवलपरासीको सरावल गाउँपालिकाले पालिका भित्रको मुख्य बजार क्षेत्र अनुगमन गरेको छ।
मंगलबार पालिका अन्तर्गको खाद्यान्य र दैनिक उपभोग्य बस्तुको अनुगमन गरिएको हो ।
अनुगमनको क्रममा म्याद गुज्रिएका सामानहरु फेला पारेको छ । साथै अनुगमन टोलिले एउटै पसलमा विभिन्न थरिका सामानहरु बेच्ने गरेको जनाएको छ ।
सरावल गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत विशाल मिश्राको नेतृत्वमा भएको अनुगमनमा याेजनाशाखा प्रमुख ईश्वरी प्रसाद खनाल ,लेखा अधिकृत नारायण पाण्डेय, लघु उद्यम बिकास शाखा प्रमुख राजन बस्याल ,स्वास्थ्यशाखा प्रमुख ओम नारायण देवकोटा ,कृषिशाखा प्रमुख कुलदिप मिश्र तथा प्रहरी चौकी प्रमुख , नगर प्रहरी एवं पत्रकार लगाएतकाे सहभागितामा व्यवसाय अनुगमन गरिएको हो ।
अनुगमन टाेलिले किराना पसल, कस्मेटिक पसल, होटेल, फेन्सी, ब्युटीपार्लर, हार्डवयर, मेडिकल, एग्रोभेट, पसलहरुमा अनुगमन गरेको लघु उद्यम बिकास शाखा प्रमुख राजन बस्यालले जानकारी दिनुभएको हाे।

दैनिक उपभोग्य वस्तु तथा सेवाको मूल्य, गुणस्तर, दर्ता , नविकरण तथा मापदण्ड लगायतका विषयमा केन्द्रित रही बजार अनुगमन तथा निरीक्षण गरिएको हाे ।
बजार अनुगमनको क्रममा पसलहरुलाई म्याद नसकिएको सामान मात्र बिक्री वितरण गर्न टोलीले निर्देशन दिएको छ ।

अनुगमन समितिले थोक बजारमा रहेका पसलहरूले प्रमाणपत्र नराखेको, बिक्री विजक जारी नगरेको भेटिएपछि प्रमाणपत्र राख्न निर्देशन दिइएको लघु उद्यम बिकास शाखा प्रमुख बस्यालले बताउनुभयो ।

गुणस्तरीय वस्तु तथा सेवा प्राप्त गर्ने उपभोक्ताको संवैधानिक अधिकारका लागि सरावल गाउँपालिकाले बजार अनुगमनलाई नियमित गर्ने जनाएको छ ।

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

