आरपि उपाध्याय / नवलपरासी ,२९ जेठ
विनयी त्रिवेणी गाउँपालिका (ब.स.पु.) को आयोजनामा लागू औषध न्यूनीकरण सम्बन्धि एक दिने सचेतनामुलक कार्यक्रम नारायणी गण्डकी साधारण तथा संस्कृत मा.वि. त्रिवेणीको सभाहलमा सम्पन्न भएको छ।
विनयी त्रिवेणी गाउँपालिका शिक्षा शाखा प्रमुख भुपराज पाण्डेको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो।
सो अवसरमा शिक्षा शाखा प्रमुख पाण्डेले लागु औषध सेवनकर्ताहरुको सङ्ख्या बढ्नु चिन्ताको विषय रहेकोले यसलाई रोक्न जनचेतनामूलक कार्यक्रम नै उत्तम मार्ग रहेको बताउदै अभिभावक वर्गले आफ्नो सन्तानको हेरचाहको साथै निगरानी पनि गर्नुपर्ने धारणा राख्नुभयो।

कार्यक्रममा विनयी त्रिवेणी गा.पा. वडा न.६ का वडा सदस्य बिष्णु प्रसाद चौलागाईं, वडा न.७ की सदस्य शोभा क्षेत्री,सशस्त्र प्रहरी बल त्रिवेणी बिओपीका प्रतिनिधि एवं सशस्त्र प्रहरी सहायक निरीक्षक पुण्य थापा, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चिरञ्जीवी ढुंगाना, नारायणी गण्डकी साधारण तथा संस्कृत मा.वि. का प्रधानाध्यापक दिनेश कुमार पाण्डे लगायतले लागु औषध रोकथाम तथा नियन्त्रण गर्नेबारे आफ्नो धारणा राख्नुभएको थियो।

सो अवसरमा विद्यार्थी समूह,विद्यालय व्यवस्थापन समितीहरुको समूह र संघसंस्थाहरुको समुहबाट लागु औषध रोकथाम गर्नेबारे आफ्नो समुहबाट तयार गरिएको निष्कर्षलाई बुदागत रुपमा प्रस्तुत गरिएको हो।
कार्यक्रममा ईलाका प्रहरी कार्यालय त्रिवेणीका वरिष्ठ सब इन्सपेक्टर सानुकाजी बिष्ट र शान्ती बि.क. ले सहजीकरण गर्नुभएको थियो।
सो अवसरमा विनयी त्रिवेणी गाउँपालिका वडा न.६ र ७ बाट ७५ को सङ्ख्यामा सहभागीहरुको उपस्थिति रहेको आयोजकले बताएको छ।

विनयी त्रिवेणी ७ गण्डक ब्यारेज आसपासको ईलाका र सिमापार भारतीय बजारबाट नेपाली युवाहरु लागु औषध सेवन गर्ने कार्यमा बढोत्तरी पछि उक्त कार्य रोकथाम र नियन्त्रण गर्न जनचेतनामूलक कार्यक्रमको आयोजना गरिएको हो।
विनयी त्रिवेणी गाउँपालिका शिक्षा शाखाका प्राविधिक सहायक अमर न्यौपानेको स्वागतबाट प्रारम्भ भएको कार्यक्रमलाई नारायणी गण्डकी साधारण तथा संस्कृत मा.वि. का शिक्षक शिव प्रसाद बस्यालले सञ्चालन गर्नुभएको थियो।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

