राष्ट्रिय दैनिक / नवलपरासी ,२९ जेठ
पश्चिम नवलपरासीको सरावल गाउँपालिकामा छैठौं सरावल अध्यक्ष कप फुटबल प्रतियोगिता तथा पालिका स्तरीय खेलाडी छनौट कार्यक्रम शुभारम्भ भएको छ।
सरावल गाउँपालिकाको सहयोग र श्री सम्मे मैया यूवा क्लब सरावल-२, अहिरौलीकाे समन्वय तथा गाउँपालिका खेलकुद विकास समिति सरावलकाे आयाेजनामा आजदेखि खेल सुरु भएको हाे।
गाउँपालिका खेलकुद विकास समिति सरावलकाे अध्यक्ष भेष नारायण चाैधरीकाे अध्यक्षता तथा सरावल गाउँपालिका अध्यक्ष सुखाडी प्रसाद चाैधरीकाे प्रमुख आतिथ्यतामा भएको खेलकुद अध्यक्ष चाैधरीले फुटबल खेल उदघाटन गर्नुभएको हाे।

सरावल गाउँपालिका वडा नम्बर १ देखि ४ सम्मकाे ८ फुटबल टिमको सहभागीता रहेको छ।
प्रतियोगिताको विजेता टिमले नगद २५ हजार रुपैयाँ र उपविजेता टिमले नगद १५ हजार रुपैयाँ, र सान्त्वना २ टिमलाई ४१ / ४१ सय प्रदान गरिने गाउँपालिका खेलकुद विकास समिति सरावलकाे अध्यक्ष भेष नारायण चाैधरीले जानकारी दिनुभएको हाे।

आज भएकोमा पहिलाे खेल सरावल वडा नं. ३A र सरावल २A टिम बिच भएकाे खेलमा सरावल वडा नं. २A ले १ काे विरुद्ध २ गाेलगरी जित हासिल गरेकाे छ । खेलमा सरावल ३A काे खेलाडी अनिल बि.क “म्यान अफ द म्याच” ले सम्मानित भएका हुन।

गाउँपालिका खेलकुद विकास समिति सरावलकाे सदस्य सचिव कैलास यादवकाे स्वागत मन्तब्यबाट सुरुवात भएको खेलकुदकाे कार्यक्रम सन्चालन नगेन्द्र चाैधरीले गर्नुभएको थियो ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

