आयुर्वेद शाखा पुर्तिघाटको आयोजनामा जेष्ठ नागरिकको स्वास्थ प्रबर्द्धन तथा औषधि वितरण

गुल्मी ।
गुल्मी जिल्लाको कालीगण्डकी गाउँपालिका वडा २ अर्बेनीमा कालीगण्डकी गाउँपालिका आयुर्वेद शाखा पुर्तिघाटको आयोजनामा जेष्ठ नागरिकको स्वास्थ प्रबर्द्धन तथा औषधि वितरण  सम्बन्धि  कार्यक्रम सोमबार अर्बेनी स्वास्थ्य चौकीमा सम्पन्न भएको छ ।

उक्त शिविर मा १०७ जना जेष्ठ नागरिक र सुत्केरी १५ जना गरि जम्मा १२२ जनालाई चेकजाँच गरेर आयुर्वेद औषधि वितरण गरिएको कालीगण्डकी गाउँपालिका आयुर्वेद शाखा पुर्तिघाटको प्रमुख हरि प्रसाद पन्थीले जानकारी दिए । यस्तै कार्यक्रममा गाउँपालिका उपाध्यक्ष , वडा नम्बर २ का वडा अध्यक्ष , जनप्रतिनिधि , स्थानीय लगाएको उपस्थिति रहेको थियो ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

jayabajarangi_itta_udhog

संबन्धित
error: Content is protected !!