Rashtriya Dainik

टी-२० विश्वकप: नेपालले श्रीलंकाविरुद्ध भोलि बिहान खेल्दै

काठमाडौं । नेपालले टी-२० विश्वकप अन्तर्गत भोलि बिहान श्रीलंकाविरुद्ध खेल्दै छ । समुह डी मा रहेको नेपालले आफ्नो दोस्रो खेलमा श्रीलंकाविरुद्ध खेल्न लागेको हो । अमेरिकाको सेन्ट्रल ब्रोवार्ड रिजनल पार्क स्टेडियम, लाउन्डरहिलमा हुने यो खेल भोलि बिहान ५: १५ बजेदेखि शुरु हुदै छ ।

नेपालले यस विश्वकपमा पहिलो खेलमा नेदरल्याण्डससँग हार बेहोरेको थियो । नेपाल नेदरल्याण्डससँग ६ विकेटले पराजित भएको थियो । त्यस्तै श्रीलंकाले भने यस विश्वकपमा लगातार दुई खेलमा हार बेहोरेको छ । श्रीलंकाले पहिलो खेलमा दक्षिण अफ्रिकासँग र दोस्रो खेलमा बंगलादेशसँग हार बेहोरेको थियो ।

समुह डी मा नेपाल र श्रीलंकाका लागि सुपर ८ मा पुग्न यो खेल जित्नै पर्ने अवस्था रहेको छ । यस समुहमा दक्षिण अफ्रिकाले लगातार तीन खेलमा जित हासिल गरेर ६ अंक हासिल गरेको छ र सुपर ८ मा पुग्ने लगभग निश्चित भएको छ त्यस्तै बंगलादेशले २ खेलमा एक जित र एक हारसहित २ अंक हासिल गरेको छ ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित