राष्ट्रिय दैनिक / नवलपरासी ,२९ जेठ
पश्चिम नवलपरासीको सरावल गाउँपालिकामा छैठौं सरावल अध्यक्ष कप फुटबल प्रतियोगिता
तथा पालिका स्तरीय खेलाडी छनौट हुने भएको छ।
सरावल गाउँपालिकाको सहयोग र श्री सम्मे मैया यूवा क्लब सरावल-२, अहिरौलीकाे समन्वय तथा गाउँपालिका खेलकुद विकास समिति सरावलकाे आयाेजनामा आजदेखि खेल सुरु हुने भएको हाे।
प्रतियोगिता सरावल गाउँपालिका वडा नम्वर २, अहिरौलीकाे खेल मैदानमा हुने पालिका सुखाडी प्रसाद चाैधरीकाे स्वकीय सचिव सन्जय माैर्यले जानकारी दिनुभयो ।
प्रतियोगितामा पालिका अन्तर्गतकाे ८ टिमकाे सहयोगीता रहेको छ।

छैठौं सरावल अध्यक्ष कप फुटबल प्रतियोगिता
तथा पालिका स्तरीय खेलाडी छनौट कार्यक्रमकाे उदघाटन आज पालिका अध्यक्ष सुखाडी प्रसाद चाैधरीले उदघाटन गर्नुहुनेछ।
प्रतियोगिताको विजेता टिमले नगद २५ हजार रुपैयाँ र उपविजेता टिमले नगद १५ हजार रुपैयाँ, र सान्त्वना २ टिमलाई ४१ / ४१ सय प्रदान गरिने आयोजकले जनाएको छ ।

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

