Rashtriya Dainik

रूपन्देहीमा यसरी हुँदै छ नदी दोहन ।

अनिल बनिया /नवलपरासी /२९ जेठ

रूपन्देही जिल्लाको सियरी गाउँपालिका र माया देवी गाउँपालिका सँग जोडिएको खोला-नाला ठेकेदार र स्थानीय सरकार र प्रहरी-प्रशासनको मिलोमतोमा नदी दोहन हुँदै ।

जिल्लामा अवैधरुपमा नदीजन्य पदार्थको उत्खनन गर्नेक्रम रोकिएको छैन । जिल्लाका विभिन्न नदी र खोलाबाट हुँदै आएको नदीजन्य पदार्थ बालुवा, गिट्टी र ढुंगाको अवैध उत्खनन र ओसारपसार भएपनि नियामक निकाय मौन छ ।

यहाँ एक जे’सी’भी होइन यहाँ चार चार जे’सी’भीहरु चलिरहेका छन् र यसरी हुँदैछ जेसिभी देखि टिप्परमा बालुवा, गिट्टी लोड गरेर नदीजन्य पदार्थको चोरी निकासी भइरहेको नाम नखुलाउने सर्तमा एक स्थानियले बताए ।

उनले भने,“खोलाहरुमा अवैध रुपमा बालुवा ढुगां उत्खनन् भइरहेको छ । खोला र नदिमा मेसिन नै लगेर उत्खनन् गरिरहेको देखिन्छ । दिनकै समयमा बढी यसरी चोरी गर्ने गरेको देखेको छु ।

खोलाबाट अवैध रुपमा ढुगां गिटि, बालुवा निकाल्छन् । वर्षा लाग्यो अब खोला बढेर खेति योग्य जमिन कटान गर्ने गर्दछ । खोलाबाट सबै बालुवा र ढुगां निकाल्छन अनि वर्षामा खोलाले सबै खेती योग्य जमिन कटान गर्छ ।”

नदीबाट अवैध उत्खनन गरी ल्याइएको ती नदीजन्य पदार्थ (ढुंगा, गिट्टी, बालुवा) लाई दिनका समयमा विभिन्न स्थानमा पठाइने गरिएको उनले बताए । यद्यपि यस्ता अवैध कार्य बढ्दै गए पनि स्थानीय-प्रहरी-प्रशासनले नियन्त्रण गर्न सकेको छैन ।

कारोबारीले नदीबाट झिकिएको नदीजन्य पदार्थ टिप्परमा लोड गरी विभिन्न स्थानमा डम्पिङ (संकलन) गरी राख्ने गरेका छन्।
नदीजन्य पदार्थको चोरी निकासी बढे पनि स्थानीय तहले वास्ता नगरेको चौतर्फी आलोचना छ । बेलाबखत अनुगमन टोली खटिए पनि अवैध उत्खनन रोकिएको छैन ।

प्रहरी प्रशासनकै मिलेमतोमा नदीजन्य पदार्थ उत्खनन् तथा निकासी भइरहेको स्थानीयहरुको गुनासो छ । उत्खनन नरोकिए खेतीयोग्य जमिन कटान हुनुका साथै त्यस क्षेत्रका बस्तीहरु जोखिममा परेको स्थानीय नागरिकहरु बताउँछन् ।

नदी किनारमा ठेकेदारले मापदण्ड विपरित ढुंगा, बालुवा निकासी गरिरहेकाले नदि र खोलाको खेति योग्य जमिन तिर सोझिएको छ । नदी किनारमै उत्खनन् भइरहेकाले तटबन्धसमेत जोखिममा परेको स्थानीयहरुको भनाई छ ।

ठेकेदारले जनप्रतिनिधि, प्रहरी र प्रशासनलाई समेत प्रभावमा पारेर ठुलो परिमाणमा नदीजन्य पदार्थ उत्खनन गरी बिक्री र भण्डारण गर्दै आएका छन् । राजनीतिक आड र प्रभावमा नदीजन्य पदार्थको दोहन अवैधरूपमा भइरहँँदा पनि प्रहरी, प्रशासन मौन रहनु सबैका लागि गम्भीर र चासोको विषय बनिरहेको छ ।

मापदण्ड विपरीत नदीजन्य सामग्री उत्खनन् भइरहँदा स्थानीय तहको अनुगमन प्रभावकारी नभई कर्मकाण्डी मात्रै भएको भन्दै स्थानीयहरु आक्रोशित छन् ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित