Rashtriya Dainik

टी-२० विश्वकप :पाकिस्तानलाई ६ रनले पराजित गर्दै भारत विजयी

काठमाडौं : आइसीसी टी-२० विश्वकपमा भारतले पाकिस्तानलाई हराएको छ। आइतबार राति भएको रोमाञ्चक खेलमा भारतले पाकिस्तानलाई ६ रनले हराएको हो।

टस हारेर पहिले ब्याटिङ गरेको भारतले जितका लागि दिएको १२० रनको सामान्य लक्ष्य पछ्याएको पाकिस्तानले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा ११३ रन मात्र बनाएको हो।

पाकिस्तानका लागि मोहम्मद रिजावनले सर्वाधिक ३१ रन, इमाद वसिमले १५ रन, कप्तान बाबर आजम, उसमान खान र फखर जमानले १३/१३ रनको योगदान दिए।

भारतका लागि जसप्रित बुमराहले ३ विकेट, हार्दिक पाण्ड्याले २ विकेट, अर्शदीप सिंह र अक्षर पटेलले १/१ विकेट लिए।

भारतले १९ ओभरमा सबै १० विकेट गुमाउँदै ११९ रन जोडेको थियो। भारतका लागि रिशभ पन्तले सर्वाधिक ४२ रन, अक्षर पटेलले २० रन र कप्तान रोहित शर्माले १३ रन बनाए। अन्य खेलाडीले दोहोरो अंक जोड्न सकेनन।

पाकिस्तानका लागि नसिम शाह र हरिस रौफले ३/३ विकेट, मोहम्मद आमिरले २ विकेट र शाहिन शाह अफ्रिदीले १ विकेट लिए।
समूह एमा रहेको भारतको यो लगातार दोस्रो जित हो भने पाकिस्तानको लगातार दोस्रो हार हो।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित