नयाँ दिल्ली : कांग्रेस नेता राहुल गान्धीलाई विपक्षी दलको नेता नियुक्त गरिएको छ। कांग्रेस नेतृत्वको इन्डिया गठबन्धनको बैठकमा गान्धीलाई भारतको आधिकारिक विपक्षी नेताको रूपमा चयनको लागि सिफारिस गर्न सर्वसम्मतिले मतदान भएको हो। यो पद सन् २०१४ देखि खाली थियो।
बैठकमा सहभागीले सर्वसम्मतिले प्रस्ताव पारित गरी राहुल गान्धीलाई संसद्मा विपक्षी नेताको पद लिनुपर्ने केसी वेणुगोपालले बताए। हालै सम्पन्न लोकसभा निर्वाचनमा गान्धी भारतको दुई चुनाव क्षेत्रबाट विजयी बनेका थिए। उनी केरला र राय बरेलीबाट विजयी भएका थिए।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

