Rashtriya Dainik

कम्युनिस्ट पार्टी र नेकपा (मशाल) बीच सुनवलमा एकता

नवलपरासी : क्रान्तिकारी कम्युनिस्ट पार्टी,नेपाल सुनवल नगर समिति र नेपाल कम्युनिस्ट पार्टी (मशाल) सुनवल नगर समिति बीच सुनवल-५ बनकट्टीमा एकता घोषणा कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा प्रमुख अतिथि पार्टी केन्द्रीय कार्यालय सदस्य एवं ५ नम्बर इन्चार्ज कृष्ण राज पौडेलले पार्टी नीति लाई आत्मसात गर्दै जनतामा जान नेता कार्यकर्तालाई आग्रह गर्नुभयो ।

कार्यक्रममा विशेष अतिथी पार्टी केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज क्षेत्र बहादुर थापाले पार्टी अनुशासन र बिधिलाई मानेर अगाडि बढनुपर्ने औल्याउनुभयो ।

कार्यक्रममा पार्टी केन्द्रीय सदस्य तथा जिल्ला संयोजक रवि पान्डेयले जिल्लाको जनसंघर्ष र बर्गसंघर्ष लाई उठान गर्दै प्रतिरोध आन्दोलन उठाउने उद्घघोष गर्नुभयो । कार्यक्रम नगर संयोजक रवि पुनको अध्यक्षता सिर्जनाको संचालन र जेनिशा परियारको स्वागतमा भएको थियो ।

कार्यक्रममा क्रान्तिकारी पत्रकार सङ्गठनका केन्द्रीय सदस्य सन्जय तिवारी , अखिल नेपाल रास्ट्रिय शिक्षक संगठनका जिल्ला संयोजक बोल्गा नेपाललगायत अतिथी रहनुभएको थियो ।

एकता घोषणा कार्यक्रममा दिइएको जानकारी अनुसार एकता अधिबेशनले रवि पुनको संयोजकत्वमा १७ सदस्यीय नगर सङ्गठन समिती निर्वाचित गरेको छ । जस अन्तर्गत ३ सदस्यीय नगर कार्यालय समेत गठन गरेको सो पार्टीले जनाएको छ ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित