Rashtriya Dainik

बझाङमा सुत्केरी महिलाको हेलिकोप्टरबाट उद्धार

बझाङ:बझाङबाट एक जना सुत्केरी महिलाको हेलिकप्टर मार्फत उद्धार गरिएको छ ।

बझाङको बित्थडचिर गाउँपालिका वडा नम्बर ६ कि २१ बर्षिया बसन्ती देवी धामी लाइ बझाङबाट हेलिकप्टर मार्फत उद्धार गरी प्रादेशिक अस्पताल सुर्खेत लगिएको जिल्ला प्रशासन कार्यालयका बिपद् सम्पर्क व्यक्ति नन्द धामीले बताउनुभयो ।

जिल्ला अस्पताल बझाङका अनुसार जेठ २६ गते बिहान १ बजे तीर सुत्केरी व्यथा लागेर अस्पताल आएकी धामीले ४ बजे तीर शल्यक्रिया गरी बच्चा जन्माएकी थिइन । उनले ३ वर्ष पहिले पनि शल्यक्रिया गरेर बच्चा जन्माएकी आफन्तले बताएका छन् । पहिलेको शल्यक्रियाको समयमा पाठेघर र पिसाब थैली एकै ठाउँमा च्यापिएको रहेछ ।

यो पटक शल्यक्रिया गर्दा जटिलता देखिएको र रक्तस्राव पनि भए पछि उपचारको लागी राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तर्गत सुत्केरी महिला उद्धार कार्यक्रमबाट धामीको सुर्खेत उद्धार गरिएको जिल्ला अस्पताल बझाङका डा ओव्जन रावलले बताउनुभयो ।

चालु आर्थिक वर्ष २०८० ८१ को हाल सम्म राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तर्गत बझाङबाट ६ जना सुत्केरी वा गर्भवती महिलाको उद्धार गरिएको जिल्ला प्रशासन कार्यालय बझाङले जनाएको छ ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित