नवलपरासी , २६ जेष्ठ
निजि तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल ( प्याब्सन) पश्चिम नवलपरासीले आयोजना गरेको स्पेलिङ्ग बि. कन्टेक्स अर्थात हिज्जे प्रतियोगितामा सुनवल युनाईटेड ई.स्कूल,सुनवल प्रर्थम भएको छ ।
जिल्लाका ३६ वटा विद्यालयहरुले सहभागिता जनाएको उक्त प्रतियोगितामा सुनवल युनाईटेड ई.स्कूल,सुनवल प्रर्थम भएको छ भने लिटिल एन्जल द्धितिय,मायादेवि सेकेन्डरी ई.स्कूल तृतिय र द प्याराडाइज नेशनल ई.बो. स्कुल सान्तोना हुन सफल भएको छ ।
प्याब्सन नवलपरासीले शैक्षिक शत्र २०८१ को वार्षिक कार्ययोजना अनुसारको पहिलो कार्यक्रमका रुपमा आयोजना गरीएको कक्षा ५ सम्मका बिद्यार्थीहरु लक्षीत प्रतियोगिता शुक्रवार बर्दघाटमा सञ्चालन गरीएको थियो ।
बिद्यार्थीहरुको क्षमता अभिवृद्धि गर्ने र सबै विधालयहरुका शिक्षक तथा बिद्यार्थीहरु विच एक आपसमा आत्मियता कायम गर्ने उध्येश्य लिएर आयोजना गरीएको उक्त प्रतियोगिता प्याब्सन जिल्ला अध्यक्ष गुरुदत्त पौडेलको अध्यक्षता र प्याब्सनका पूर्व केन्द्रिय सल्लाहकार सुमन गोपाल आचार्यको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।
प्याब्सनका वरिष्ठ उपाध्यक्ष डम्वर गुरुङको स्वागत मन्तब्य रहेको कार्यक्रममा जिल्ला सचिव यज्ञ न्यौपानेको सञ्चालन रहेको थियो भने कार्यक्रममा प्याब्सनका केन्द्रिय सदस्य सन्तोष अधिकारी,लुम्बिनी प्रदेश सचिव धनराज चापागाई,जिल्ला सल्लाहकार भगवन्त प्रसाद धवल,थमन शेरचन लगाएतको उपस्थिती रहेको थियो ।
अहिले प्याब्सन नवलपरासीमा ६५ वटा विद्यालयहरु आवद्ध रहेको जिल्ला अध्यक्ष गुरुदत्त पौडेलले बताउनु भयो ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

