वीरगन्ज २५ जेष्ठ
सशस्त्र प्रहरी बल पर्साले अवैधरुपमा भित्राएको धान सहित ट्याक्टर पक्राउ गरेको छ।
सशस्त्र प्रहरीले भन्सार छलि गरि भित्राएको धान वीरगन्ज १७ स्थित कोनियामा नियन्त्रणमा लिएको हो।सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित सिमा सुरक्षा गुल्म अलौका प्रमुख एवम सशस्त्र प्रहरी नायव उपरीक्षक बिकास अधिकारीको कमान्डमा खटिएको टोलीले बिमनपा- १७ स्थित कोनिया ईलाकाबाट भारतबाट अबैध रुपमा ना ४ त ९६०५ नम्बरको ट्र्याक्टरमा लोड गरि नेपालतर्फ ल्याउदै गरेको १२३ बोरा १ लाख ७६ हजार ७५० रुपैयाँ बराबरको १२३ बोरा धान तथा १५ लाख मुल्य बराबरको धान सहित ट्र्याक्टर नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागी बिरगंज भन्सार कार्यालय पर्सामा बुझाएको सशस्त्र प्रहरी १३ नम्बर गणका प्रबक्ता एवम प्रहरी नायब उपरीक्षक देबिन्द्र सिंहले जानकारी दिए।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

