आरपी उपध्याय /नवलपरासी २५ जेठ
पुर्वी नवलपरासी विनयी त्रिवेणी ७ गण्डक ब्यारेज सिमा पार भारत बिहारको भैसालोटनमा सञ्चालन भैरहेको भगवान श्री राम कथा प्रवचन कार्य शुक्रबार पनि जारी रहेको छ।
कथा प्रवचन भएको सातौ दिन श्री राम कथा वाचक भारतीय राष्ट्रिय सन्त मुरारी बापुले जेष्ठ १९ गतेदेखि प्रारम्भ गर्नुभएको कथा वाचन कार्यमा नेपाल भारतका ठूलो सङ्ख्याको भक्तजनहरुको उपस्थिति रहेको थियो।
श्री राम कथा वाचक बापुले ज्ञानरुपि शिक्षालाई कर्म संग जोड्न सकिए यस लोकमा सुख,शान्ति भइ परलोकमा मोक्ष प्राप्ती हुने बताउनु भयो।
कथा वाचक ७५ वर्षिय बापुले जगत जननी सीता माताको धर्ती प्रवेश,श्री राम पुत्र लवकुशको जन्मथलो र महर्षी बाल्मिकीको तपोभुमी रहेको बाल्मिकी आश्रम नजिकै राम कथा वाचन गर्न पाउँदा आफू अत्यन्त भाग्यमानी रहेको बताउनुभएको थियो।
कथा वाचक बापुले यो संसारलाई सनातन धर्मबाट नै मानव जीवनलाई सुखी बनाउन सकिने धारणा राख्नुभयो।
सिमापार भारत भुमिमा राम कथा वाचन कार्यक्रममा गजेन्द्र मोक्ष धाम त्रिवेणीमा रहेको मुक्तिनाथ वेद विद्याश्रम आ.स. मा.वि. का ५० को सङ्ख्यामा विद्यार्थीहरुको पनि सहभागिता रहेको गजेन्द्र मोक्ष धामका करपात्री स्वामी कृष्ण प्रपन्नाचार्यले जानकारी दिनुभएको छ।
जेष्ठ १९ गतेदेखि प्रारम्भ भएको श्री राम कथा वाचन आगामी आइतबारसम्म सञ्चालन रहने आयोजकले बताएको छ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

