Rashtriya Dainik

नेपाल कमर्शियल आर्टिस्ट संघ नवलपरासीको अध्यक्षमा राज कुमार रेश्मी चयन ।

राष्ट्रिय दैनिक / नवलपरासी ,२५ जेठ

नेपाल कमर्शियल आर्टिष्ट संघ नवलपरासीको जिल्ला समिति सर्वसम्मतले चयन भएको छ ।

परासीमा बसेको बैठकले नेपाल कमर्शियल आर्टिष्ट संघ नवलपरासीको जिल्ला समिति राज कुमार रेश्मीकाे नेतृत्वमा सर्वसम्मतले चयन भएको हो ।

कमर्शियल तथा श्रमजिवि आर्टिस्टहरुको हक हितका लागी आर्टिस्टका केन्द्रिय उपाध्यक्ष कमलराज श्रेष्ठको उपस्थितीमा बसेको बैठकले राज कुमार रेश्मीकाे अध्यक्षतामा १३ सदस्यिय कमिटी गठन गरेको हो ।

कमिटीको उपाध्यक्षमा दशरथ कुमाल , सचिवमा धर्मेन्द्र चाैधरी ,सहसचिव साैगात राेक्का , कोषाध्यक्षमा प्रदिप थारु , सदस्यमा देबेन्द्र चाैधरी, कृष्ण चाैधरी, मीन नारायण थारु , माेहननाथ कुवर , दिपक चाैधरी , सागर कवर , रामचन्द्र भण्डारी र रुद्रराज बस्नेत रहेका छन् भने समितिको सल्लाहकारमा मन गाेल्डि र नर बहादुर बि.क रहेका छन् ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित