कृष्णनगर / २४ जेठ
कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिकामा रहेको नागरिक आरोग्य सेवा केन्द्रले नागरिक सचेतन मूलक कर्यक्रम अभियानमा तिब्रता दिदै आएको छ।
नगर क्षेत्रका प्रत्येक वडा जन समुदायलाई मेरो स्वस्थ मेरो जिम्मेवारीको बोध गराउने उदेश्यका साथ अगुवाहरुलाई तालीमका मध्यमद्वारा सचेत गराउदै समुदायका व्यक्ति हरूलाई समेत समय समयमा आग्रह गर्दै आएको छ।
बढ्दो दीर्घ कालीन नसर्ने रोगबाट बच्नका लागि आहार बिहार दिनचर्यामा आमूल परिवर्तनको खाचो रहेको जनकारी कबीराज डा.नागेश्वर मिश्रले दिनुभयो ।
वडा नं ५ को पुरुषोत्तमपुर बाट शुरू भएको अभियानको दोस्रो दिन वडा न ११ का वडाध्यक्ष जीवन श्रीवास्तवको अध्यक्षतामा संचालन भएको कार्यक्रममा बोल्दै कर्यक्रमका प्रमुख अतिथि नगर प्रमुख रजत प्रताप शाहले आफ्नो नगर का नागरिक लाई स्वस्थमा समृद्ध बनाउन आफु सदैव तत्पर रहेको र गाउँ घर क्लिनिक, नागरिक आरोग्य अभियान, जेष्ठ नागरिक स्वस्थ शिबिर , स्तान पान गराउने महिला लाई दुग्ध बर्धक औषधि वितरण, आखां शिबिर लगायत बिबिध कर्यक्रम निरन्तर संचालन भएको साथै प्रत्येक वार्डमा सुबिधा युक्त स्वस्थ चौकी सुधार कार्यमा तिब्रता साथ आफुअगाडि बढेको बताए।
नागरिक आरोग्य अभियान वार्ड नं १० , वडा नं २ लगायत विभिन्न विद्यालय तथा समुदाय स्तरमा तिब्रताका साथ संचालन हुदै आएको तथा उक्त कार्यक्रम बाट नागरिक हरुको बानी व्यवहारमा परिवर्तन आउने जन विश्वास रहेको छ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

