Rashtriya Dainik

बेलाटारीमा रहेको निर्धन उत्थान बैंकमा तालाबन्दी

आरपी उपध्याय /नवलपरासी २४ जेठ

बाचौ र बचाऔ,अघि बढौ लघु वित्त विरुद्धको संघर्ष समिति लुम्बिनी प्रदेशको आयोजनामा प्रतापपुर गाउँपालिका अन्तर्गतको एक लघु वित्त कार्यालयमा तालाबन्दी गरिएको छ।
प्रतापपुर गाउँपालिका बेलाटारीमा रहेको निर्धन उत्थान बैंकले आफ्ना वित्तिय कारोबारीहरु संग दबाबमूलक ढङ्गबाट रकम संकलन कार्यक्रम अगाडि बढाउनुका साथै अमर्यादित व्यवहार गरेको आरोप लगाउदै लघु वित्त पीडितहरुले बुधबार तालाबन्दी गरेको लघु वित्त विरुद्धको संघर्ष समिति लुम्बिनी प्रदेशका संयोजक बद्री देवानले जानकारी दिनुभयो।
लघु वित्त विरुद्धको संघर्ष समितिले गरेको तालाबन्दी पछि सहमतिको लागि बिहीबार ईलाका प्रहरी कार्यालय बेलाटारीमा बसेको त्रिपक्षिय बैठक अनिर्णय सकिएको संघर्ष समितिले बताएको छ।
त्रिपक्षिय बैठकमा लघु वित्त संस्थाका स्थानीय शाखा प्रबन्धक,ई.प्र.का. बेलाटारीका प्रतिनिधि र संघर्ष समितिका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो।
बैठकमा लघु वित्त संस्थाहरुले आफ्नो रवैया र कठोर गतिविधिमा सुधार ल्याउनुपर्ने,असुलीको नाममा अनावश्यक दबाब दिने प्रवृत्तिको अन्त्य गर्नुपर्ने लगायत माग उठाइएको जानकारी प्राप्त भएको छ। उता लघु वित्त संस्थाहरुले आफुहरु नेपाल राष्ट्र बैंकको मापदण्ड अनुसार नै कार्य गर्दै आएको दाबी गरेका छन।
लघु वित्त संस्थाले गरेको ज्यादती विरुद्धको राष्ट्रिय अभियानलाई अझ बढी सशक्त बनाउन पनि लघु वित्त पीडितहरुले बताउदै आएको जानकारीमा आएको छ।
बेलाटारीमा लघु वित्त संस्थामा गरिएको तालाबन्दी प्रकरणमा प्रतापपुर,सुस्ता, सरावल लगायत पालिकाबाट आएका सयौं सङ्ख्याका पीडितहरुले आफ्ना क्रियाकलापहरु सुधार नगरे अझ बढी कठोर आन्दोलन गरिने पनि जनाएका थिए।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित