Rashtriya Dainik

जिल्ला समन्वय समितिको बेवसाईट तथा स्थानीय तहको प्रगति अनुगमन प्रणालीको अनुशिक्षण कार्यक्रम संचालन

दोरेन्द्र खड्का /२४ जेठ
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय अन्तर्गत प्रदेश तथा स्थानीय शासन सहयोग कार्यक्रम (पिएलजिएसपी) को आयाेजनामा जिल्ला समन्वय समितिको बेवसाईट तथा स्थानीय तहको प्रगति अनुगमन प्रणालीको अनुशिक्षण कार्यक्रम शुरु भएको छ। बुधवार पाेखरा स्थित ल्याण्डमार्क होटेलको सभाहलमा संञ्चालन भएको अनुशिक्षण कार्यक्रममा गण्डकी, लुम्बिनी, वागमती र मधेश प्रदेशका गरी २७ जिल्लामा ५४ जना सहभागीहरू लाई आमन्त्रण गरिएकोमा ४९ जनाको सहभागिता रहेको थियो ।
उक्त कार्यक्रममा प्रशिक्षक नागेश बडु,मिलन श्रेष्ठ,बिक्रम खतिवडा,जश्मीन स्थापित र अभिलास चक्रवर्तीले प्रशिक्षणगर्नु भएको थियो । स्थानीय तहहरुको लागि निर्माण भएको बेवसाईट पुरानो भएकाले समय सापेक्षित प्रबिधिको प्रयोग गर्ने उद्देश्यले नयाँँ बेवसाईट निर्माण भएको प्रशिक्षक नागेश बडुले बताउनु भयो । स्थानीय सरकार संचालन र व्यवस्थापनमा सहजता लाई प्रभावकारी सेवा प्रवाह, विकास, जवाफदेहिता र सुशासन मार्फत नागरिकहरूलाई सन्तुष्टि पार्न समन्वय समिति प्राविधिक प्रमुख र स्थानीय तह प्राविधिक एवं सूचना अधिकृतहरु अनुशिक्षण कार्यक्रमको आयोजना गरिएको यहाले बताउनु भयो ।
तेस्तै जिल्ला समन्वय समितिमा सूचना प्रविधि क्षेत्रमा कार्यरत र अन्य समुहका कर्मचारीको क्षमता विकासमा विशेष जोड दिने उद्देश्यले मागमा आधारित भएर कार्यक्रम आयोजना गरिएको प्रदेश तथा स्थानिय शासन सहयोग कार्यक्रमका राष्ट्रिय कार्यक्रम प्रबन्धक गोकर्ण उपाध्यायले जानकारी दिनु भयाे ।
आज देखि सुरू भएकाे अनुशिक्षण कार्यक्रम ३ दिन सम्म संचालन हुने छ । प्रदेश तथा स्थानीय शासन सहयोग कार्यक्रमबाट यसअघि यस्तो किसिमको क्षमता विकासका कार्यक्रमहरू चितवन, धुलिखेल र नेपालगञ्जमा पनि सञ्चालन भईसकेका छन्।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित