राजन कुमार बानिया
पर्सा २३ जेष्ठ
पर्साको कालिकामाई गाउँपालिकामा अाज छुटाछुटै ठाउँमा १ करोड ४० लाखको लागतमा वडा कार्यालय भवन र बिधालय भवनको शिलान्यास गाउँपालिका अध्यक्ष बशिष्ट कुमार गुप्ताले शिलान्यास गर्नु भएको छ। गाउँपालिका अध्यक्ष गुप्ताले कालिकामाई गाउँपालिका वडा नं १ मुडली बजारमा ९० लाखको लागत वडा कार्यालय भवनको लागी र साथै वडा नं १ टिनडोबिया गाउँमा रहेको श्री नेपाल रास्ट्रिय प्राथमिक बिधालयमा ५० लाख लागतमा बिधालय भवनको लागि अाज एक कार्यक्रमका बिच बिधवत रुपमा पुजापाठ गरि गाउँपालिका अध्यक्ष गुप्ताले शिलान्यास गर्नु भएको थियो। गाउँपालिका अध्यक्ष गुप्ताको पहल र समन्वय बाट जिल्ला समन्वय समिति पर्सा र गाउँपालिकाको सहयोग बाट छुट्टाछुट्टै ठाउँमा वडा भवन र बिधालय भवनको लागि १ करोड ४० लाखको लागत निर्माण हुन लागेका छन। ६०% जिल्ला समन्वय समिति पर्सा र ४०% गाउँपालिका अार्थिक सहयोगमा निर्माण हुन लागेको वडाअध्यक्ष लालबाबु चौरसियाले जनाएका छन। वडा कार्यालय भवन दुई तले भवन र डिनडोबियामा बिधालय भवन दुईतले निर्माण हुने र निमार्ण कार्य उपभोक्ता समिति बाट निर्माण भईरहेको वडाअध्यक्ष चौरसियाले बताए । शिलान्यास कार्यक्रम वडाअध्यक्ष लालबाबु चौरसियाको अध्यक्ष्ातामा सम्पन्न भएको छ।कार्यक्रममा वाड सदस्य सुरेन्द्र साह तेली,शिव शंकर चौरसिया,मोतिलाल प्रसाद पटेल,शंकर यादव,भोज साह तेली,रामराज प्रसाद यादव, बिमल महतो कोईरी,बिधालयका प्रअ रामप्रबेश पटेल,लगायतको सहभागिता रहेको थियोे ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

