राजन कुमार बानिया
पर्सा २४ जेठ
पर्साको पोखरिया नगरपालिका वडा नम्बर ६ श्रीसीयामा रहेको सामुदायिक धर्मशालाको मर्मत सम्भारमा ठेकेदारले कमसल निर्माण सामग्री प्रयोग गरिरहेको भेटिएपछि स्थानीयले काम रोकेका छन् ।
श्रीसीयामा रहेको धर्मशालाको मर्मत सम्भार र स्तरोन्नत्तीका लागि मधेस प्रदेश सरकारले पठाएको १५ लाख रुपैयाँ बजेट पठाएको छ । उक्त बजेटबाट अहिले धर्मशालाको मर्मत सम्भार र स्तरोन्नत्तीको काम भइरहेको छ ।
ठेकेदार धीरेन्द्र चौहानले धर्मशालाको मर्मत सम्भारमा कमसल गुणस्तरको ईंट्टा, सिमेन्ट लगायतका सामग्री प्रयोग गरेपछि स्थानीयले काम रोकेका हुन् । कमसल निर्माण सामग्री प्रयोग नगर्न स्थानीयले मौखीक रुपमा सचेत गराउँदासमेत ठेकेदार चौहानले अटेर गरेपछि काम रोकेर वीरगन्जस्थित सहरी विकास तथा भवन कार्यालयमा पुगेर गुनासो गरेका थिए ।
स्थानीयले काम रोकेपछि शहरी विकास तथा भवन कार्यालयका इन्जिनियर रामबालक यादवले निर्माणस्थलमा पुगेर निरीक्षण गर्दै कमसल ईंट्टा प्रयोग गरी निर्माण गरिएको पर्खाल भत्काउन ठेकेदारलाई निर्देशन दिएको स्थानीय सञ्चारकर्मी शैलेश गुप्ताले जानकारी दिए।
इन्जिनियर चौहान निरीक्षणका लागि पुगेका बेला वडाध्यक्ष सीमानन्द प्रसाद चौहान,नेपाली कांग्रेसका क्षेत्रीय सभापति श्रीकृष्ण प्रसाद चौहान लगायतको पनि उपििस्थती रहेको थियो ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

