Rashtriya Dainik

लुम्बिनी प्रदेशका स्थानीय सरकारमा बेरुजुको चाङ : २४ अर्ब फर्स्यौट गर्न बाँकी

दाङ । लुम्बिनी प्रदेशका स्थानीय सकारमा बेरुजुको चाङ देखिएको छ । महालेखा परीक्षकको कार्यालयले मँगलबार प्रदेश प्रमुख अमिक शेरचनलाई बुझाएको प्रतिवेदन अनुसार स्थानीय सरकारमा २४ अर्ब २४ करोड १० लाख ४७ हजार बेरुजु देखिएको हो ।

यो तथ्याङ्कले स्थानीय सरकारमा आर्थिक अनियमितता बढेको संकेत गर्छ । महालेखाको छैटौं प्रतिवेदन अनुसार यो वर्ष ४ अर्ब ४८ करोड ९३ लाख १ हजार बेरुजु थपिएको हो । यसअघि १९ अर्ब ७५ करोड १७ लाख ४६ हजार बेरुजु रकम रहेको थियो । १०९ स्थानीय सरकार रहेको लुम्बिनी प्रदेशमा ४ वटा उपमहानगर, ३२ नगरपालिका र ७३ गाउँपालिका रहेका छन् ।

यसैगरी लुम्बिनी प्रदेश सरकार र सरकारी कार्यालयहरुको बेरुजु रकम पनि यस वर्ष बढेको छ । प्रतिवेदन अनुसार आर्थिक वर्ष २०७९÷८० फर्स्यौट गर्नु पर्ने बेरुजु बढेर १ अर्व १२ करोड ६३ लाख ४५ हजार पुगेको छ । यो तथ्याङ्क गतवर्षभन्दा ३१ दशमलव ४८ प्रतिशतले बढी हो ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित