सुरेश यादव/ नवलपरासी,२२ जेठ
पश्चिम नवलपरासीको रामग्राम नगरपालिका वडा नं ४ राधाकृष्ण मन्दिर बैरिहवामा जलवायु परिवर्तन सम्बन्धित सचेतना कार्यक्रम विश्व वातावरण दिवसकाे अवसरमा मुलपानी सामुदायिक वन उपभोक्ता समूह सुनवल ४ रमावापुरकाे आयोजनामा आज सुरु भएकाे छ ।
वन समुहका अध्यक्ष यज्ञप्रसाद पाण्डेकाे अध्यक्षता तथा डिभिजन वन कार्यालय नवलपरासीका डिभिजन वन अधिकृत महेन्द्रराज वाग्लेकाे प्रमुख आतिथ्यतामा सुरु भएकाे हाे । कार्यक्रममा बाेल्दै प्रमुख अतिथि वाग्लेले व्यापक रुपमा वन जङ्गल फडानी भई रहेकाे अवस्थामा त्यसलाई राेक थाम गर्न सबै लाग्नु पर्ने बताउनुभयाे । जलवायु परिवर्तन राेक्न वृक्षारोपण र वन जङ्गल संरक्षण गर्नुपर्नेमा जाेड दिनुभयाे ।

गाेष्ठी कार्यक्रममा रामग्राम ४ का वडा अध्यक्ष मदन यादव,वरिष्ठ वन अधिकृत पुर्ण प्रसाद ढकाल,वन समुहका उपाध्यक्ष तथा रामग्राम ४ का वडा सदस्य प्रभु लाल माैर्य लगायतले बाेल्नु भएकाे गाेष्ठीमा जलवायु परिवर्तन विज्ञ सुदर्शन खरवार र विशाखा चाैधरीले आज र भाेलि २ दिन प्रसिक्षण दिने कार्यक्रम संचालिका समीक्षा सिगंजापतिले जानकारी दिनुभयाे ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

