Rashtriya Dainik

गुल्मीको पुर्तिघाटमा जिप दुर्घटना  एक महिलाको मृत्यु ५ जना घाइते

गुल्मी ।

गुल्मीको कालीगण्डकी गाउँपालिका वडा नम्बर ४  पुर्तिघाट बजार नजिकै सोमबार बिहान  जिप दुर्घटना हुदा एक महिलाको मृत्यु भएको छ भने ५ जना घाइते भएका छन्  ।

सोमबार बिहान गुल्मीको भार्सेबाट बुटवलका लागि छुटेको ग २ च ३२६२ नम्बरको डबल क्याप जिप कालिगण्डकी गाउँपालिका वडा नम्बर ४ पुर्तिघाटको ओकेङमा दुर्घटना भएको हो ।

दुर्घटनामा घाइते भएकाहरुलाई उपचारका लागि पाल्पा पठाइएको पुर्तिघाट प्रहरीले जनाएको छ । जीपमा ७ जना सवार रहेको थिए  । जिप दुर्घटना पछि पुर्तिघाट प्रहरी चौकी र स्थानीयले घटना स्थलमा उदार गरेका छन् ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित