Rashtriya Dainik

राजा महात्मा पुर्णभद्र मा.बि को स्वर्ण जयन्ती महोत्सव आयव्यय सार्वजनिक

राष्ट्रिय दैनिक / नवलपरासी ,१९ जेठ

पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका वडा नम्बर ९ मा रहेको राजा महात्मा पुर्णभद्र माध्यामिक विद्यालयको स्वर्ण जयन्ती महोत्सव आयब्यय सार्वजनिक गरिएको छ ।

आज पत्रकार सम्मेलन मार्फत स्वर्ण जयन्ती मुल समारोह समितिका संयोजक तथा संविधान सभा सदस्य विक्रम खनालले आय व्यय सार्वजनिक गर्नुभएको हाे।

स्वर्ण जयन्ती महोत्सव २०८० पौष १५ देखि २१ सम्म सञ्चालन भएको स्वर्ण जयन्ती महोत्सवमा ५३ लाख ८१ हजार ४ सय ५० रुपैया आम्दानी भएको छ । ३६ लाख ४५ हजार ३ सय नौ रुपैया खर्च भएको र १७ लाख ३६ हजार १ सय ४१ रुपैया बचत भएको हाे।


स्वर्ण जयन्ती मुल समारोह समितिका संयोजक तथा संविधान सभा सदस्य खनालले आय व्यय सार्वजनिक गर्दै सामाजिक संघ संस्थाहरुको विकासमा सम्पूर्ण राजनितिक दल तथा बुद्धिजिविहरु एक मत भएर समाजको बिकासमा लाग्नु पर्ने बताउनु भयो । स्वर्ण महोत्सवमा सबै राजनीति दल र बुद्धिजिबी एक भएर लागेका कारण सफल भएको बताउदै खनालले सामाजिक संघ सस्थाको बिकासमा एकमतका साथ अगाडी बढ्न सके राम्रो हुने धारणा राख्नु भयो । “स्वर्ण महोत्सवले अभिभावक र समुदायको दृष्टिकोण विद्यालय प्रति सकरात्मक भएको छ । राजनितिक तथा सामाजिक सदभाव बढेको छ, स्वर्णले सबै पक्षलाई विद्यालयमा प्रवेश गराउने, मान सम्मान र सक्रियता बढाउनुका साथै मनोरञ्जन प्रदान गरेकाले विद्यालयप्रतिको अपनवत्य महशुस भएको बताउनुभयो ।

त्यस्तै आय व्यय सार्वजनिक कार्यक्रममा बोल्दै बर्दघाट नगरपालिकाका नगर उपप्रमुख रुद्रप्रकाश उपाध्यायले स्वर्णजयन्ती महोत्सव भब्यरुपमा सफल भएको उल्लेख गर्नुभयो । उहाँले आगामि दिनमा अझै सबैपक्षलाई समेटेर अघि बढ्न विद्यालयल परिवारलाई आग्रह गर्दै विद्यालयले विद्यार्थी संख्यामा भन्दा पनि शैक्षिक गुणस्तरमा विषेश ध्यान दिनुपर्ने धारणा राख्नु भएको थियो ।

विद्यालयमा अभिभावकको चाँसो कम भइ रहेको समयमा स्वर्ण महोत्सवले अभिभावकको चाँसो र चिन्ता सहित आएका सल्लाह सुझाब अनुसार विद्यालयको शैक्षिक गुणस्तरलाई परिमार्जित गर्दै शैक्षिक कार्ययोजना बनाउने विद्यालय ब्यवस्थापन समितिका अध्यक्षता तथा वडा नं. ९ का वडाध्यक्ष चन्द्रकान्द चापागाइले बताउनु भएको छ । विद्यालय आर्थिक, भौतिक , सामाजिक रुपमा सवल बन्दै गएको बताउदै चापागाईंले शैक्षिक गुणस्तर वृद्धिमा लागिने उल्लेख गर्नु भयो ।

स्वर्ण महोत्सवबाट गरीव तथा जेहेन्दार बिद्यार्थीहरुलाई छात्रावृत्तिको ब्यवस्था हुनेगरी अक्षयकोषको ब्यवस्था गरीने भएको छ । स्वर्ण महोत्सवबाट अक्षय कोषमा १३ लाख ४३ हजार १ सय ७२ रुपैया संकलन भएको आर्थिक समिति संयोजक बालिन्द्र विक्रम शाहीले बताउनु भएको थियो ।

उक्त कार्यक्रममा बोल्दै विद्यालयका प्र.अ. पुष्पराज अधिकारीले स्वर्ण महोत्सवदेखि अभिभावकहरु मुस्कुराएर विद्यालय आउन थालेपछि शिक्षकहरु उत्साहका साथ अधिबढेको बताउनु भएको थियो ।

आयव्यय सार्वजनिक कार्यक्रममा संचारकर्मी, बर्दघाट नगरपालिकाका जनप्रतिनिधिहरु,समाज सेवी,शिक्षक तथा कर्मचारी,अभिभावक,स्थानिय संघ संस्थाका प्रतिनिधिहरु लगाएतको सहभागीता रहेको थियोे ।

हाल १२ सम्म कक्षा संचालनमा रहेको विद्यालयमा ८ सय ५० विद्यार्थीले अध्ययन गर्दै आइरहेका छन् ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित