Rashtriya Dainik

धोबिनी गापामा भौतिक निर्माण भन्दा बढि कमिशन पाउने तालिम गोस्टीलाई बढि महत्व ।

राजन कुमार बानिया /पर्सा, १९ जेठ

पर्साको धोबिनी गाउँपालिकामा शिक्षा ,स्वास्थ्य ,कृषि र भौतिक निर्माण कार्य भन्दा बढि कमिशसन अाउने तालिम गोस्टी लगायत सबै भन्दा बढि महतव दिएर लाखौ भ्रस्टाचार भईरहेका छन।

धोबिनी गाउँपालिकाका अध्यक्ष ,उपाध्यक्ष र वडाअध्यक्ष लगायत जनप्रतिनिधि र कर्मचारीहरुले यस पाली शिक्षा,स्वास्थ्य ,कृषि ,र भौतिक निर्माण कार्यमा सबै भन्दा बढि कमिशन अाउने बिभिन नाउँमा तालिम गोस्टी लगायत कार्यलाई महत्व राखेर धमाधम गाउँपालिका र वडा हरुमा तालीम भईरहेका छन।

यसपाली गाउँपालिका अध्यक्ष ,उपाध्यक्ष र वडाअध्यक्ष लगायतका जनप्रतिनिधिहरुले पौने दुई करोडको बिभिन सिर्सक बनाई तालिम गोस्टीमा राखेर बढि कमिशनमा काम भईरहेको छ। तर हजारौ जनाहरु संग सरोकार रहेका गाउँ घरका मेन बाटोको मर्मत समेत भईरहेको छैन।

अहिले पनी बाटोमा पानी हिलोम्य बनेको कारण बिधालय हरुमा पढने बालबालिकाहरु लगायत सो बाटो भएर अावत जावत गर्ने हजारौ बटोही हरुले समस्यामा परेका छन। अहिले धोबिनी गाउँपालिका वडा नं ४ लंगडी ,धोबीनी जगरनाथपुर,हरिहरपुर गुलरिया,भिखमपुर ,घौडदौरापिपरा लगायको मेनबाटोमा होलो र सानग्रो बाटो भएको कारण समस्या भईरहेको स्थानीयहरुको गुनासो रहेको बताए । तर जनप्रतिनिधिहरुले बिकास निर्माण भन्दा बढि कमिशन अाउने तालिम गोस्टीलाई बढि महत्व दिएका छन।

जनप्रतिनिधिहरुको तालिममा आधी जनप्रतिनिधि र २५ देखि ३० प्रतिशत कमिसन र गाउँपालिकाको काममा समाजिक शाखा प्रमुखले ५० देखि ६० प्रतिशत कमिसन उठाउने गरिरहेका छन। तालिम गोस्टीमा बढि कमिसन भएको कारण अन्य बिकास निर्माण बाटो घाटोमा ध्यान जान सकेको छैन ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित