राष्ट्रिय दैनिक / नवलपरासी , १८ जेठ
पश्चिम नवलपरासीको सरावल गाउँपालिका पुर्ण खोप दिगोपना सुनिश्चितता घोषणा गरिएको छ।
१६ महिनादेखि ५९ महिनासम्मको उमेर समूहका सबै बालबालिकाले खोप लगाएको सुनिश्चित भएपछि पालिकालाई पूर्ण खोपयुक्त पालिका सुनिश्चितता घोषणा गरिएको हो।

आज सरावलमा आयोजित घोषणा समारोहमा जिल्ला समन्वय समिति नवलपरासीका प्रमुख एवम् जिल्ला खोप समन्वय समितिका अध्यक्ष भगौती यादवले सरावललाई पूर्ण खोप सुनिश्चितता घोषणा गर्नुभयो। उहाँले यो अभियानलाई निरन्तरता दिन र आगामी दिनमा पनि अभियानकै रूपमा सञ्चालन गर्न जोड दिनुभयो ।

कार्यक्रममा पालिकालाई पूर्ण खोप सुनिश्चितता प्रमाणपत्र समन्वय प्रमुख यादवले गाउँपालिका अध्यक्ष सुखाडी प्रसाद चौधरीलाई हस्तान्तरण गर्नु भएको थियो ।
कार्यक्रममा गाउँपालिका अध्यक्ष चौधरीले पूर्ण खोप सुनिश्चितता घोषण गर्न सहयोग गर्ने सम्पूर्ण महिला स्वास्थ्य स्वयम्सेविका तथा कर्मचारीलाई धन्यवाद दिनुभयो । उहाँले खोपले बालबालिकामा विभिन्न रोगबाट बच्ने प्रतिरोधात्मक क्षमता बढ्ने भएकाले खोपबाट बालबालिकालाई वञ्चित गराउन नहुने बताउनुभयो ।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी सुरेश पन्थी ,स्वास्थ्य कार्यालय नवलपरासीका प्रमुख ओम प्रकाश पन्थीले ,गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विशाल मिश्र ,वडा नम्बर १ का वडा अध्यक्ष विष्णु भट्टराई लगायतले शुभकामना व्यक्त गर्नु भएको थियो।

सरावल गाउँपालिकाले नियमित खोप कार्यक्रम र पूर्ण खोप दिगोपनालाई उच्च प्राथमिकतामा राख्दै आएको जनाएको छ। गाउँपालिका अन्तर्गत २७ वटा खोप क्लिनिकहरु मार्फत मासिक रुपमा नियमित खोप कार्यक्रम सञ्चालन गरिरहेको जनाएको छ ।
अवसरमा महिला स्वास्थ्य स्वयमसेविकम, खोप कार्यकर्ता, स्वास्थ्यकर्मीलाई सम्मान गरिएको थियो ।

गाउँपालिका उपाध्यक्ष बासमति हरिजनकाे स्वागत मन्तब्यबाट सुरुवात भएको कार्यक्रमकाे सन्चालन स्वास्थ्यकर्मी मिरा थापाले सन्चालन गर्नुभएको थियोे ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

