Rashtriya Dainik

धुम्रपान तथा सुर्तीजन्य पदार्थकाे प्रभाव र नियन्त्रण सम्बन्धि अन्तरक्रिया  सम्पन्न 

सुरेश यादव/नवलपरासी , जेठ १८ । 

पश्चिम नवलपरासीको परासीमा विश्व धुम्रपान रहित दिवसकाे अवसरमा धुम्रपान तथा सुर्तीजन्य पदार्थको प्रभाव र नियन्त्रण सम्बन्धि अन्तरक्रिया कार्यक्रम परासीमा सम्पन्न भएको छ ।  

बागेश्वरी असल शासन क्लब (बास) नेपालकाे आयाेजनामा सम्पन्न भएको कार्यक्रममा बासका अध्यक्ष विष्णु राज रावकाे अध्यक्षता तथा जिल्ला समन्वय समिति नवलपरासीका प्रमुख भगाैती यादव (रुदल)काे प्रमुख  आतिथ्यतामा एक दिवसिय अन्तरक्रिया कार्यक्रम सम्पन्न भएकाे हाे । 


साे असर बाेल्दै प्रमुख अतिथि यादवले जसरी काठमाडौं महानगरपालिकाले सुर्तीजन्य पदार्थको न्युनिकरण गरि रहेकाे अवस्था छ त्यसरी नै नवलपरासीका सम्पूर्ण सराेकारवाला निकाय लाग्नुपर्ने अवस्था देखिन्छ र न्युनिकरण गर्न विद्यालय देखि समुदाय सम्म अभियानकाे रुपमा जानुपर्ने जाेड दिनुभयाे । यस्ताे अभियानले समाजमा पुर्ण रुपमा सुधार नदेखे पनि केही मात्रामा सुधार हुने दाबी समेत गर्नुभयाे ।   

कार्यक्रममा सहजिकरण गर्दै स्वस्थ्य कार्यलयका निरज रानाले सुर्तीजन्य पदार्थ सेवनले हुने असर र बेफाईदाकाे बारेमा प्रकाश पार्नुभएकाे थियो ।

उक्त कार्यक्रममा पत्रकार सद्धाम हुसेन अन्सारी , नागरिक समाजका अध्यक्ष राधेश्याम सिंह सैदवार , भ्रष्टाचार विरुद्धको नागरिक निगरानी संस्थाका अध्यक्ष रामजी ज्ञवाली ,नेपाल जेसिसका कार्यकारिणी उपाध्यक्ष सन्दिप अग्रहरि ,रामग्राम जेसिस वर्ष २०२४ का अध्यक्ष माेहन पाैडेल , महिला जेसिसकि अध्यक्ष विनिता खड्का ,बास नेपालका सल्लाहकार संजय पाठक , आदर्श माविका सुचना अधिकारी निरज ज्ञवाली लगाएतले आ-आफ्नो धारणा राख्नुभयोे थियोे । 

कार्यक्रममा बास नेपाल नवलपरासीकी उपाध्यक्ष जाेगकुमारी चाैधरिकाे स्वागत मन्तब्यबाट सुरु  भएको कार्यक्रम सञ्चालन बास नेपालका राजु देवानले गर्नुभएकाे थियाे ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित