राष्ट्रिय दैनिक / नवलपरासी ,१८ जेठ
बिहीबार साँझ आएको हावाहुरीले पश्चिम नवलपरासीको सरावल गाउँपालिका वडा नम्बर १ र २ मा तीन दर्जनभन्दा बढी घरमा क्षतु पुग्नुका साथै दर्जनौं बिजुलीको पोलहरु ढलेका छन्।

हावाहुरीसँगै परेको पानीले बिजुलीको पोलमा क्षति पुग्दा सरावल गाउँपालिका वडा नम्बर १ र २ मा विद्युत अवरुद्ध भएको छ।

हावाहुरीबाट भएको क्षतिकाे प्रत्यक्ष अनुगमन गर्न सरावल गाउँपालिका अध्यक्ष सुखाडी प्रसाद चाैधरी सहितको टाेली वडा नम्बर १ र २ का टाेल टाेलमा पुग्नुभएकाे हाे।

हावाहुरीले सरावल १ आदर्श मा.बि खाेखरपुरामा १५ लाखको साेलार प्यानल ३ लाखकाे मन्टेसरी स्लाईड लगाएत देवालमा समेत क्षति पुगाएकाे विद्यालयका प्र.अ देवनारायण चाैधरीले बताउनुभयाे।

त्यस्तै सरावल २ अत्रहटीमा अवस्थित सन्दिप राइस एण्ड फ्लावर मिलमा खाद्यान्न सामाग्री ,घरकाे छत र देवालमा धेरै क्षति पुर्याएकाे मिलका सन्चालक सन्ताेष कलवारले बताउनुभएको हाे । हावाहुरीबाट करिब १ कराेड बराबरकाे नाेक्सान भएको मिलका सन्चालक कलवारले बताउनुभयो ।

हावाहुरीमा सरावल २ का दुई जना घाइते भएका छन । घाइतेहरुकाे अस्पतालमा उपचार भइरहेको वडा नम्बर २ का वडा अध्यक्ष सम्भु चाैधरीले बताउनुभयो ।

पालिका अध्यक्ष सुखाडी प्रसाद चाैधरीका अनुसार क्षतिको विवरण संकलन र मर्मतको काम भैरहेको जानकारी दिनुभएकाे छ।

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

