Rashtriya Dainik

अत्यधिक गर्मीकाे कारण नवलपरासीको जनजीवन प्रभावित

उमेश बि.क / नवलपरासी ,१७ जेठ

पश्चिम नवलपरासीमा गर्मीका कारण जनजीवन प्रभावित भएको छ । तातो हावा र चर्को घामले घरबाहिर हिँडडुल गर्न समस्या भएको छ ।

गर्मीले सबैभन्दा बढी स्कुले बालबालिका, वृद्ध र दिनभरि काम गरेर खाने मजदुरहरूलाई प्रभावित पारेको छ । अत्यावश्यक कामबाहेक सर्वसाधारणबाहिर निस्किएका छैनन् । दिउँसो ११ बजेदेखि ५ बजेसम्म सडक प्रायः शून्य जस्तै देखिन्छ ।

परासी क्षेत्रको तापक्रम ४१ देखि ४६ डिग्री तापक्रम मापन भएको छ । यो तापमान अहिलेसम्मकै उच्च रहेको र जनजीवन प्रभावित भएको सिकेन्द्र सहानिले बताउनुभयो । केही दिनदेखि परासीमा दिउँसो चहलपहल कम भएको र काम गर्न नि धेरै गार्‍हो भएको सहानिले बताउनु भएको हाे । सहानिका अनुसार याे समयमा सहानि टिजिटल आर्टमा काम गराउने ब्यक्तिकाे संख्यामा कमि भएको छ।

तापक्रम बढेर पठनपाठनमा समस्या भएपछि जिल्लाको ६ पालिकाले गर्मी बिदा दिएका छन ।
दिउँसो कडा घाम रहेकाले सकभर घरबाहिर ननिस्कन र निस्कन परे पातलो प्रकारको लामबाहुले कपडा लगाउन तथा छाता ओढ्न चिकित्सकको सल्लाह छ । गर्मी बढेपछि चिसो र फलफूलको व्यापार भने बढेको छ । बजारमा चिसो पेय पदार्थसँगै, उखुको रस, खरबुजा र जुसको व्यापार भने ह्वात्तै बढेको छ ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित