राष्ट्रिय दैनिक / नवलपरासी ,१६ जेठ
पश्चिम नवलपरासीकाे सरावल गाउँपालिकाले गणतन्त्र दिवसको अवसरमा मंगलबार दृष्टिविहीन छात्राबासका विद्यार्थीलाई टिसर्ट वितरण गरिएको हाे।

पालिकाले रामग्राम ५ परासीमा अवस्थित आदर्श माध्यमिक विद्यालय अन्तर्गत सञ्चालित दृष्टिविहीन छात्राबासका २३ जना दृष्टिबिहिन विद्यार्थीलाई टिसर्ट वितरण गरिएको पालिका अध्यक्ष सुखाडी प्रसाद चाैधरीले बताउनुभयो ।

अध्यक्ष चाैधरीले दृष्टिविहीन छात्राबासका विद्यार्थीलाई सबैले सहयोग गर्नुपर्नेमा जोड दिदै उनीहरुले स्थान र अवसर पाए अरुजस्तै धेरै उपलब्धी गरी समाजमा उदाहरणीय काम गर्न सक्ने बताउनुभयो ।

टिसर्ट वितरण कार्यक्रममा लुम्बिनी प्रदेशसभा सदस्य बैजनाथ जैसवाल , जिल्ला समन्वय समिति प्रमुख भगवती यादव ,रामग्राम नगरपालिका प्रमुख धनपत यादव,प्रमुख जिल्ला अधिकारी सुरेश पन्थी , जिल्ला प्रहरी कार्यालय प्रमुख काजी कुमार आचार्य लगाएतकाे उपस्थिति रहेको थियो ।

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

