Rashtriya Dainik

पश्चिम नवलपरासीस्थित भारतीय सिमानाका ४८ घण्टा बन्द हुने

राष्ट्रिय दैनिक / नवलपरासी ,१६ जेठ

पश्चिम नवलपरासीको भारतीय सिमानाका ४८ घण्टाका लागि बन्द हुने भएको छ ।

भारतको उत्तर प्रदेशमा हुन लागेको लोकसभा निर्वाचनलाई लक्षित गर्दै सिमानाका बन्द गर्न लागिएको हो ।

पश्चिम नवलपरासीको जिल्ला प्रशासन कार्यालयले सुचना जारी गर्दै जेठ १६ गते बुधबार राती १२ बजेदेखि १९ गते राती १२ बजे सम्म उत्तर प्रदेशसँग जोडिएको जिल्लाको सबै नाका बन्द रहने सूचना प्रकाशीत गरेको पश्चिम नवलपरासीका प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीले बताउनुभयो ।

भारतको उत्तर प्रदेशमा हुन लागेको लोकसभा जनरल इलेक्सन २०२४ को सुरक्षा संवेदनशीलतालाई मध्यनजर गर्दै सिमानाका बन्द गरीएको उहाँको भनाई छ ।

निर्वाचनलाई मध्यनजर गर्दै नेपाल र भारततर्फका सिमानाकामा सुरक्षा व्यवस्था थप कडा पारिएको हो ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित